फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

Technology Khabar ८ माघ २०७५, मंगलवार

फेसबुक सिईओको सुरक्षामा मात्रै ८४ करोड खर्च, अरु टेक कम्पनीले कति खर्च गर्छन्

काठमाडौं ।

काठमाडौं । टेक कम्पनीहरुले आफ्नो पेटेन्टस् र इन्टेलेक्चुअल प्रोपर्टीहरु सुरक्षित गर्नका लागि करोडौं रुपैयाँ खर्च गर्ने गर्दछन् । तर त्यो भन्दा बढि खर्च कम्पनीहरुले आफ्ना टप एक्जीक्यूटिभहरुको सुरक्षामा खर्च गर्ने गरेका छन् ।

आफ्ना प्रमुखहरुको सुरक्षामा खर्च गर्ने टेक कम्पनीहरुमध्येमा सबैभन्दा अगाडि फेसबुक रहेको छ । फेसबुकले आफ्नो सिईओको निजी सुरक्षामा सन् २०१८ मा सबैभन्दा धेरै खर्च गरेको छ ।

अमेरिकी सिक्योरिटी एण्ड एक्सचेन्ज कमीशनको तथ्यांकको आधारमा वायर्डले सार्वजनिक गरेको रिपोर्टमा फेसबुकका सिईओ मार्क जुकरबर्गका लागि मात्रै कम्पनीले ७.३ मिलियन अमेरिकी डलर खर्च अर्थात करिब ८४ करोड रुपैयाँ गरेको छ । सोहि वर्ष फेसबुकले आफ्नो चीफ अपरेटिंग अफिसर शेरिल स्याण्डबर्गको सुरक्षाका लागि २.६ मिलियन अमेरिकी डलर अर्थात करिब ३१ करोड रुपैयाँ खर्च गरेको छ ।

रिपोर्टअनुसार ५ वर्षअघि अर्थात सन् २०१३ मा मार्क जुकरबर्गको सुरक्षामा केबल २.६ मिलियन डलर मात्र खर्च हुने गरेको थियो, अब भने त्यो खर्च तीन गुणाले बढेको छ । गत वर्षको इनभेस्टर्स मिटिंगमा फेसबुकले जुकरबर्गको सुरक्षामा वार्षिक १ अर्ब रुपैयाँ भन्दा बढि खर्च गर्ने तयारी गरिरहेको जानकारी दिएको थियो ।

फेसबुकका सिईओ जुकरबर्गको सुरक्षामा यति धेरै खर्च गरिएपनि अन्य टेक कम्पनीका प्रमुखहरुको निजी सुरक्षाको खर्च भने फेसबुकको तुलनामा निकै कम छ ।

रिपोर्टअनुसार एप्पलका सिईओ टिम कुकको सुरक्षामा उनको कम्पनीले सन् २०१७ मा ३.१० मिलियन डलर मात्र खर्च गरेको थियो । त्यस्तै गूगलका सिईओ सुन्दर पिचाईको सुरक्षाका लागि अल्फबेटले सन् २०१७ मा ६.३७ मिलियन डलर खर्च गरेको थियो ।

अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस अर्थात विश्वका धनी व्यक्तिको लागि भने कम्पनीले सुरक्षामा केबल १८ करोड रुपैयाँ मात्र खर्च गरिएको थियो ।

अर्को टेक कम्पनी ओर्याकलका सिईओ ल्यारी एलिसनको सुरक्षाका लागि पनि करिब १८ करोड रुपैयाँ खर्च गरिएको थियो ।

easy care

प्रकाशित: ८ माघ २०७५, मंगलवार

ताजा समाचार