यामाहाको एफजेड सिरिजमा दुई नयाँ बाइक लन्च, यस्ता छन् विशेषताहरु

Technology Khabar ८ माघ २०७५, मंगलवार

यामाहाको एफजेड सिरिजमा दुई नयाँ बाइक लन्च, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

काठमाडौं । यामाहा मोटर इन्डियाले भारतीय बजारमा एफजेड सिरिजमा दुई वटा मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ‘एफजेडएस भी–३ (FZ V-3) र एफजेड–एस भी–३.० (FZ-S V3.0) मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले यसको शुरुवाती मूल्य भारु ९५ हजार तोकेको छ । स्पोर्टस मोटरसाइकलको तेस्रो जेनेरेशन यामाहा एफजेड रेन्जमा आएको एफजेड २५ द्धारा प्रभावित डिजाइन राखिएको छ ।

एबिएसका साथमा आउने यी बाइकहरुमा फूल एलईडी हेडल्याम्प तथा डिआरएलका साथमा फ्रन्ट लेआउटलाई पुरै परिवर्तन गरिएको छ । मोटरसाइकलमा ठूला फ्लाईस्क्रीन राखिएको छ भने टर्न सिग्नललाई पहिलेको तुलनामा केहि माथि उठाईएको छ ।

यसमा नयाँ एक्जस्ट डिजाइन, एउटा कट शर्ट टेल सेक्शन, सिंग्नल च्यानल एबिएस तथा दुई लेबलमा सिंगल सीट सेटअप राखिएको छ । यामाहा एफजेड तथा एफजेड एसको पुरानो भर्सनमा ड्यूल सीट्स थियो ।

२०१९ यामाहा एफजेड सिरिजका दुबै भेरिएन्टसमा पुरै डिजिटल इन्ट्रूमेन्ट क्लस्टर कमन छ ।

मेकानिकल स्पेशिफिकेसनतर्फ यसको इन्जिन पहिलेको जस्तै छ भने यसको आउटपुटमा पनि कुनै परिवर्तन छैन् । यी बाइकहरुमा १४९ सीसीको फ्यूल इंजेक्टेड सिंगल सिलिण्डर मोटरद्धारा ८००० आरपिएममा १३ बिएचपीको पावर तथा ६०००० आरपिएममा १२.८ एनएम टर्क उत्पन्न गर्दछ ।

नयाँ एफजेड सिरिजमा १२ लिटरको फ्यूल ट्यांक छ भने यसमा १७ इन्चको एलोए ह्वील राखिएको छ ।

यामाहा एफजेड म्याट्रिक ब्ल्याक र रेसिंग ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ भने एफजेड एस मेट ब्ल्याक, डार्ड मेट ब्लू र ग्रे तथा सियान ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।

यामाहाका यी नयाँ मोटरसाइकलको प्रतिस्पर्धा बजार पल्सल एनएस १६०, सूजुकी जिक्सर तथा होण्डा सिबि होर्नेट १६०आर, टिभीएस अपाचे आरटीआर १६० फोरभी सँग हुनेछ ।

easy care

प्रकाशित: ८ माघ २०७५, मंगलवार

ताजा समाचार