अमेजन वेब सर्भिसले डेभलपरका लागि ब्याकअप सेवा दिने

Technology Khabar ७ माघ २०७५, सोमबार

अमेजन वेब सर्भिसले डेभलपरका लागि ब्याकअप सेवा दिने

काठमाडौं ।

काठमाडौं । अमेजनको एडब्लूएस क्लाउड कम्यूटिंग सर्भिस(AWS) ले ब्याकअप योजना लन्च गरेको छ । अमेजनको क्लाउड सर्भिस दिने एडब्लूएसले डेभलपरहरुका लागि उनीहरुको आफ्नो डाटा ब्याकअप गर्ने सुविधा दिने घोषणा गरेको हो ।

डेभलपरहरुले उनीहरुको मातहतमा रहेको एप्सको लागि ब्याकअप गर्ने सुविधा दिएको हो ।

यो सुविधा सम्पूर्ण डेभलपरहरुका लागि उपलब्ध रहेको छ, र यसको लागि उनीहरुले अमेजन ईबीएस भोल्यूम, आरडिएस डाटाबेस, डाइनामो डिबी टेबल्स, ईएफएस फाइल सिस्टम र एडबलूएस स्टोरेज गेटवे भोल्यूम जस्ता सेवाहरु ब्याकअप पोलिसिमा छनौट गर्न सक्नेछन् ।

यसमा एक पटक ब्याकअप गरेपछि उनीहरुले एडब्लूएसको स्टोरेज गेटवे प्रयोग गर्न सक्नेछन् ।
यो सर्भिसमा यूजर्सका लागि विभिन्न ब्याकअप पोलिसिहरु र रिटेन्सन पिरियडहरु रहेको छ भने
यी डाटाहरु आफ्नो प्रयोग सकिएपछि पूर्णरुपमा डिलिट गर्ने सुविधा पनि उपयोग गर्न सकिनेछ ।

यो डाटाहरु डिफल्टको रुपमा अमेजन एस ३ बकेट्समा स्टोर हुनेछन् ।

हाल यो ब्याकअप सर्भिस एडब्लुएसको सिमित क्षेत्रहरुमा मात्र उपलब्ध रहेको छ । तर कम्पनीले यो वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रहरुमा बिस्तार गर्ने योजना लिएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ माघ २०७५, सोमबार

ताजा समाचार