अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

Technology Khabar ७ माघ २०७५, सोमबार

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् ।

‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल प्रयोग गर्न नपाउने आचारसंहिता ल्याएको हो ।

मन्त्रालय र मातहत निकायका कर्मचारीलाई अनुशासित बनाउने भन्दै मन्त्रालयले आचारसंहिता जारी गरेको छ।आचारसंहितामा सदाचार, कर्तव्यपरायण, सामाजिक संजालको मर्यादित प्रयोग लगायतका विषय तोकिएको आचार संहितामा कर्मचारीहरूलाई विभिन्न विषयमा सीमा तोकिएको छ ।

आचारसंहिताको सामाजिक सञ्जाल मर्यादित प्रयोग गर्नेसम्बन्धी व्यवस्थामा कर्मचारीहरूले तोकिएको कार्यालय समयभित्र मोबाइल वा कम्प्युटरबाट व्यक्तिगत प्रायोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न नहुने व्यवस्था गरिएको हो।

कार्यालय समयबाहेक चलाउँदा पनि अन्य कसैलाई असर पर्ने गरी प्रतिक्रिया वा विचार प्रवाह गर्न नहुने लेखिएको छ। त्यसैगरि राजनीतिक पूर्वाग्रहयुक्त टिका टिप्पणी गर्न नहुने, आफूलाई परेको समस्या वा गुनासो सामाजिक संजालमा सार्वजनिक गर्न नपाईनेलगायतका विषयहरु समावेश गरिएको छ ।

त्यस्तै अन्य सरकारी निकायबाट भए गरेका काम कारबाहीको विषयमा पनि कुनै प्रतिकृया व्यक्त गर्न नपाईने उल्लेख छ । कुनै समाजिक संजाल र अनलाइनमा प्रकाशित समाचारमा प्रतिक्रिया व्यक्त गरेर अरुको मान मर्दन गर्न समेत रोक लगाएको छ ।

सो जारी भएको आचारसंहितामा सरकारी काम काजको लागि सरकारी ईमेल मात्र प्रयोग गर्नुपर्ने, निर्णय जानकारी वा सुचना अनधिकृतरुपमा सामाजिक संजालमा राख्न नहुने लेखिएको छ ।

तर नयाँ आचारसंहिताले सरकारी काम वा आफ्नो विशेषज्ञता हासिल गर्ने प्रायोजनका लागि गरिएको सामाजिक संजाल र व्यक्तिगत इमेल प्रयोगलाई भने छुट दिएको छ ।

निजामती सेवा ऐनले दिएको अधिकार प्रयोग गरी बनाइएको आचारसंहितालाई कार्यसम्पादन मूल्यांकनसँग जोडिने बताइएको छ। आचारसंहिताको पालना भए नभएको बारे सचिवलाई मन्त्रीले अनुगमन गर्ने छन् भने विभागीय प्रमुखहरुलाई सचिव वा सचिवले तोकेको अधिकारीले अनुगमन गर्न व्यवस्था गरिएको आचारसंहितामा उल्लेख छ।

आचारसंहिता-2075-1_20190120010723

Sajilo Visa

प्रकाशित: ७ माघ २०७५, सोमबार

तपाइको प्रतिक्रिया