शाओमीले ल्यायो गेमिङ्ग एप ‘सर्भाइवल गेम’, पबजी गेमलाई टक्कर दिने

Technology Khabar ६ माघ २०७५, आईतवार

शाओमीले ल्यायो गेमिङ्ग एप ‘सर्भाइवल गेम’, पबजी गेमलाई टक्कर दिने

काठमाडौं ।

काठमाडौं । विश्वभर पछिल्लो समयमा निकै चर्चित मोबाइल गेम पबजी PUBG लाई टक्कर दिन अर्को गेम सार्वजनिक भएको छ ।

चिनियाँ टेक कम्पनी शाओमी (Xiaomi) ले आफ्ना यूजर्सलाई पबजी गेममा नजान दिनका लागि सर्भाइवल गेम (Survival Game) आधिकारिकरुपमा सार्वजनिक गरेको छ । यो गेमले सिधै पबजीसँग टक्कर लिनेछ । पबजी गेमको मोबाइल भर्सन लन्च भएदेखि नै यो विश्वभर लोकप्रिय मोबाइल गेमको रुपमा चर्चित रहेको छ । यसको डेस्कटप भर्सन भने पहिलेदेखि नै उपलब्ध छ ।

अब भने शाओमीले पबजी जस्ता गेमलाई टक्कर दिन कम्पनीले एमआई एप स्टोरमा सर्भाइवल गेम लन्च गरेको हो । यो गेम शाओमी र रेडमी डिभाइसहरुका लागि उपलब्ध हुनेछ ।

शाओमीको यो गेम १८५ एमबीको साइजमा छ भने यो गेम खेल्न कुनै हाई एण्ड ग्राफिक्स स्मार्टफोनको आवश्यकता पर्दैन् । अर्थात तपाईँले शाओमी र रेडमीका सामान्य स्मार्टफोनहरुमा पनि खेल्न सक्नुहुनेछ ।

यो गेम शाओमीको एप स्टोर नभएका स्मार्टफोन प्रयोगकर्ताहरुले यसको एपीके लाई इन्टरनेटमार्फत मोबाइलमा इन्स्टल गर्न सक्नेछन् ।

कम्पनीले सर्भाइबल गेम पछिल्ला दिनहरुमा ब्याटल रोयल गेमको फम्र्याट लोकप्रिय हुँदै गएको देखेर नै लन्च गरेको बताएको छ ।

विश्लेषकहरुका अनुसार यो गेम हेर्दा ठ्याक्कै पबजीको जस्तै देखिन्छ । र म्यापदेखि गन्स सम्म यसमा सबै फिचरहरु राखिएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ माघ २०७५, आईतवार

ताजा समाचार