टिसीएल ब्राण्डले सिईएस २०१९ मा पायो ६ वटा अवार्ड

Technology Khabar ६ माघ २०७५, आईतवार

टिसीएल ब्राण्डले सिईएस २०१९ मा पायो ६ वटा अवार्ड
Global IME Bank

काठमाडौं ।

काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कारबाट सम्मानित भएको छ । कम्पनी लस भेगसमा आयोजित ‘कन्जुमर ईलेक्ट्रोनिक्स शो २०१९’ मा विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्धारा सम्मानित भएको हो ।

कम्पनीले सो सम्मेलनमार्फत ८के टिभी गोल्ड अवार्ड अफ दि ईयर, ग्लोबल कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड टप ५० लगायत झण्डै ६ ओटा अन्तर्राष्ट्रिय पुरस्कार हात पारेकोे छ ।

आधुनिक पिक्चर क्वालिटी र थिएटर लेभल साउन्ड जस्ता विशेषता भएका टिसीएल ब्राण्डका टेलिभिजनहरु नेपाली बजारमा पनि उपलब्ध छन ।

सो सम्मेलनमा कम्पनीले आफ्नो उत्पादनलाई थप नयाँ आयाम दिनका लागि ‘टिसीएल एआई ईन’ बजारमा ल्याउने घोषणा पनि गरेको छ ।

हाल नेपालमा उक्त ब्राण्डको आधिकारिक विक्रेता सीजी ईलेक्ट्रोनिक्स रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ६ माघ २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार