Technology Khabar ४ माघ २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रीक भेहिकल निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनमा मोडल एसको १४ हजार भन्दा बढि गाडिहरु फिर्ता बोलाएको छ ।
कम्पनीले एयरब्यागमा समस्या आएको भेटिएपछि आयात गरिएको १४ हजार १२३ वटा मोडल एस गाडिहरु रिकल गरेको हो ।
रिकल गरिएका मोडल एसको अगाडि बस्ने प्यासेन्जरको लागि राखिएको एयरब्यागहरुमा समस्या भेटिएको थियो । टाकाटाले निर्माण गरेको सो समस्या भएको एयरब्याग्समा टोयोटा र फोर्डका गाडिहरु पनि परेका थिए । जसमा ३ करोड ७० लाख भन्दा बढि गाडिहरु रिकल गरिएको थियो ।
यी समस्या भेटिएका एयरब्यागहरु जसले प्रोपेलेन्ट प्रयोग गर्दछ त्यसले यात्रुहरुलाई समस्या पार्दथ्यो र गंभिर घाईते सम्म बनाउन सक्दथ्यो र अझ मृत्यु सम्म हुनसक्ने थियो ।
टेस्लाले विश्वभर टाकाटाले बनाएको एयरब्याग प्रयोग गरिएको सेडान कारहरु रिकल गर्न शुरु गरिसकेको छ । यो रिकलमा पछि बनाईएका मोडल एस भेहिकलहरु, रोडस्टेर, मोडल एक्स र मोडल थ्री भने परेका छैनन् ।
चीनमा रिकल गरिएका मोडल एस गाडिहरु भने सन् २०१४ फेब्रुअरीदेखि डिसेम्बर २०१६ मा बनेका थिए ।
हालै मात्र टेस्लाले चीनको सांघाईमा आफ्नो पहिलो गीगाफ्याक्ट्री निर्माण गर्ने सम्झौता गरेको थियो जहाँ मोडल ३ कारहरु चिनियाँ उपभोक्ताहरुका लागि बनाईने छ ।
प्रकाशित: ४ माघ २०७५, शुक्रबार