भीभोका वाई सिरिजमा ३ स्मार्टफोन बजारमा आउँदै, ठूलो स्क्रीन र शक्तिशाली ब्याट्री

Technology Khabar ३ माघ २०७५, बिहीबार

भीभोका वाई सिरिजमा ३ स्मार्टफोन बजारमा आउँदै, ठूलो स्क्रीन र शक्तिशाली ब्याट्री
Global IME Bank

काठमाडौं ।

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउने छ ।

भीभोको वाई सिरिजमा वाई ९१ आई(Y91i), वाई ९१(Y91) र वाई ९५(Y95) स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ ।भीभोले यी फोनहरुको स्लोगन ‘बिगर ब्याट्री, मोर फन’ राखेको छ ।

भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि राखिनेछ । भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले (Halo Full view Display) छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ । यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुबै स्मार्टफोनहरु वाटरड्रप नोच डिजाइनमा आउनेछन् ।

भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ । हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८.१ मा आधारि फनटच ४.५ ओएसमा संचालन हुन्छ ।

त्यसैगरि वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसमा पनि ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ । यसमा पनि हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको छ ।

वाई ९१ आईमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्टफोनमा २ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । यी दुबै स्मार्टफोनहरुको स्टोरेज माइक्रो एसडी कार्डद्धारा बढाउन सकिनेछ ।

यी दुई स्मार्टफोनहरुको मूल्य कति हुन्छ भन्ने अझै स्पष्ट भईरहेको छैन् । तर नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँ भन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँ भन्दा कम नै हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा यी स्मार्टफोनहरु ओसियन ब्लू र स्टेरी ब्ल्याक कलर अप्सनमा आउनसक्नेछन् ।

भीभोले अर्को स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ जून वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्ट फोन हो । यो स्मार्टफोनमा पनि वाई ९१ को जस्तै स्पेसिफिकेसनहरु रहेका छन् । तर यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । । यो स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

Sajilo Visa

प्रकाशित: ३ माघ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार