एप्पलले फोल्ड गर्न मिल्ने फोन ल्याउने, अन्य फोल्डेबल फोन भन्दा भिन्न डिजाइन

Technology Khabar ३ माघ २०७५, बिहीबार

एप्पलले फोल्ड गर्न मिल्ने फोन ल्याउने, अन्य फोल्डेबल फोन भन्दा भिन्न डिजाइन
सांकेतिक

काठमाडौं । हामीले सामसंग, ह्वावेलगायतका विभिन्न कम्पनीहरुले फोल्ड गर्न मिल्ने किसिमको स्मार्टफोन निर्माण गरिरहेको जानकारी बेला बेलामा थाहा पाईरहेका छौं ।

कोरियाली टेक कम्पनी सामसंले ग्यालेक्सी एफ नामक फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाएको छ जून केहि समयमा सार्वजनिक हुने अनुमान गरिएको छ । यसका साथै एलजी र ह्वावे पनि यो प्रतिस्पर्धामा लागेका छन् र यो वर्ष भित्रै सार्वजनिक गर्ने तयारीमा छन् ।

तर अर्को टेक कम्पनी एप्पल भने यो प्रतिस्पर्धा भन्दा फरक किसिमले काम गरिरहेको छ । एप्पलले सन् २०२० पछि मात्रै फोल्ड गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै एप्पल अहिलेको फोल्ड फोनको बजारमा पनि फरक हुने छ । हाल कम्पनीहरुले भित्र फोल्ड हुने किसिमको स्मार्टफोन बनाई रहेका छन तर एप्पलले भने बाहिर फोल्ड गरेर हेर्न मिल्ने स्मार्टफोन बनाईरहेको छ ।

यो डिजाइन आइडियाको बारेमा सामसंगका डिजाइन इनोभेसन सेन्टरका प्रमुख फेडेरिको कासालेग्नोले बताएका हुन् । उनले सामसंगको इन फोल्डिंग डिस्प्ले फोनले डिजाइनको आधारमा हेर्दा प्रयोगकर्ताहरुलाई उत्कृष्ट अनुभव दिने बताए ।

बाहिर फोल्ड हुने फोन निकै सहज किसिमको डिभाइस हो जून भित्र फोल्ड हुने फोन भन्दा सजिलो हुन्छ ।

एप्पलले सन् २०१३ मा फोल्ड गर्न सकिने फोनको पेटेन्ट दर्ता गरेको थियो । एप्पलले ल्याउने फोल्डेबल फोन आउन अझै निकै समय रहेको हुँदा त्यो बेलासम्म धेरै प्रविधिहरुमा परिवर्तन हुनेछ ।

प्रकाशित: ३ माघ २०७५, बिहीबार

Comments are closed.

Loading...