एप्पलले विश्वभर १ करोड भन्दा बढि आइफोनको ब्याट्री फेर्यो

Technology Khabar २ माघ २०७५, बुधबार

एप्पलले विश्वभर १ करोड भन्दा बढि आइफोनको ब्याट्री फेर्यो
Global IME Bank

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो ब्याट्री रिप्लेसमेन्ट प्रोग्रामअन्तरगत १ करोड भन्दा बढि आइफोन ब्याट्रीहरु साटेको छ ।

अमेरिकी टेक कम्पनी एप्पलले आइफोनहरुलाई स्लो बनाएको आरोप लागेपछि कम्पनीले पुराना आइफोनहरुका लागि सस्तो मूल्यमा ब्याट्री फेर्ने कार्यक्रम संचालन गरेको थियो । यो कार्यक्रम सन् २०१८ जनवरीमा घोषणा गरिएको थियो र डिसेम्बर ३१ मा अन्त्य भएको थियो ।

यो कार्यक्रमअवधिभर एप्पलले विश्वभर १ करोड १० लाख भन्दा बढि आइफोन ब्याट्रीहरु परिवर्तन गरेको कम्पनीका प्रमुख कार्यकारी टिम कुकले अल ह्याण्डस मिटिंगको क्रममा दिएका हुन् ।

कम्पनीकाअनुसार आइफोनको ब्याट्री प्रतिस्थापन कार्यक्रममा करिब १० देखि २० लाख वटा आइफोनमा मात्र ब्याट्री फेरिने अनुमान गरिएको थियो तर अनुमान भन्दा कयौं गुणा अधिक आइफोन ब्याट्रीहरु फेरिएका छन् ।

एप्पलको ब्याट्री फेरिदिने कार्यक्रममा आइफोन सिक्स र त्यो भन्दा नयाँ मोडलहरुका ब्याट्रीमा लागू गरिएको थियो जसमा कम्पनीले केबल २९ अमेरिकी डलरमा नै ब्याट्री फेरिदिने गर्दथ्यो ।

एप्पलले हालको आइफोनको सिपमेन्ट कमजोर हुनुको कारणमा ब्याट्री रिप्लेसमेन्ट कार्यक्रम पनि एक भएको उल्लेख गरेको छ, किनकी यो कार्यक्रमले गर्दा पुरानो आइफोनको कार्य क्षमतामा पनि वृद्धि हुने बताईएको छ ।

नेपालमा पनि आइफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्टले सस्तो मूल्यमा आइफोनको ब्याट्री फेरिदिने कार्यक्रम ल्याएको थियो । जसमा १० हजार रुपैयाँ तिरेर नेपालमै किनेको आइफोनको ब्याट्री साट्न सकिने सुविधा दिएको थियो ।

Sajilo Visa

प्रकाशित: २ माघ २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार