Technology Khabar २ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । विद्युतिय सवारी साधन (इलेक्ट्रीक भेहिकल) को चार्जिंग स्टेशन सरकारी स्तरबाट राख्ने सम्बन्धमा बुधवार वातावरण विभाग पुल्चोकमा छलफल भएको छ ।
सो छलफलमा विभागका महानिर्देशक झलक राम अधिकारी, साझा यातायात, सुन्दर यातायात, किया मोटर्स, बिवाईडीलगायतका कम्पनीहरुको सहभागीता रहेको थियो ।
विद्युतिय सवारी साधनको लागि आवश्यक चार्जिंग स्टेशन साझा यातायातको कम्पाउण्डमा राख्ने विषयमा छलफल भएकोछ ।
सुन्दर यातायातद्धारा आयातित चार्जिंग स्टेशन प्रदर्शित समेत गरिएको थियो । सो चार्जिंग स्टेशन आधुनिक तथा ठूला साना सबै प्रकारका इलेक्ट्रीक भेहिकलहरुको लागि उपयुक्त हुने
छलफलमा बताईएको थियो ।
विभागका महानिर्देशक अधिकारीकाअनुसार सरकारले यसै वर्ष उपत्यकाका ५ स्थानहरु पहिचान गरि आधुनिक विद्युतिय चार्जिंग स्टेशन निर्माण गरिने छ ।
चार्जिंग स्टेशन सम्बन्धी आधारभूत अवधारणा पत्र सरोकारबाला पक्ष र व्यवसायी संलग्न रही चाँडैं तयार पारिने विभागले जनाएको छ ।
प्रकाशित: २ माघ २०७५, बुधबार