Technology Khabar २ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । साओमीले नेपाली बजारमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । साओमी नेपालले बुधवारदेखि बजारमा ५ वटा स्मार्टफोनको मूल्यहरु घटाएको हो ।
कम्पनीले रेडमी सिक्स ए, रेडमी सिक्स, एम टू लाइट, रेडमी नोट ५ एआईको मूल्यमा कटौती गरेको हो ।
कम्पनीले रेडमी सिक्स ए मा १ हजार रुपैयाँ घटाएर नयाँ मूल्य १२ हजार रुपैयाँ तोकेको छ ।
त्यसैगरि रेडमी सिक्सको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १ हजार रुपैयाँ घटाएर १५ हजार ४ सय ९९ रुपैयाँ कायम गरेको छ ।
साओमीले एम टू लाइटको ३ जीबी ३२ जीबी स्टोरेजको मूल्यमा १५ सय रुपैयाँ घटाएर २० हजार रुपैयाँ कायम गरेको छ ।
रेडमी नोट ५ एआईको ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा १५ रुपैयाँ घटाएर २२ हजार रुपैयाँ तोकेको छ भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्यमा १ हजार रुपैयाँ कटौती गर्दै २६ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ ।
साओमी नेपालका जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सन् २०१९ साओमी नेपालको लागि महत्वपूर्ण वर्ष हो, जहाँ हामी हाम्रो ब्राण्डलाई वृद्धि गर्ने चरणमा छौं । यो वर्ष नेपालमा साओमीलाई पुर्नपरिभाषित गर्ने र हामी एमआई फ्यान्सका लागि आकर्षक मूल्य कटौतीद्धारा शुरुवात गरिरहेका छौं । नयाँ वर्षमा हामी कष्टमर एक्सपेरियन्समा जोड दिनेछौं र प्रयोगकर्ताहरुका लागि अझ मूल्य केन्द्रित फिचरयुक्त स्मार्टफोनहरु ल्याउनेछौं ।’
प्रकाशित: २ माघ २०७५, बुधबार