स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित

Technology Khabar २ माघ २०७५, बुधबार

स्काईवर्थ सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित
Global IME Bank

काठमाडौं ।

काठमाडौं । घरेलू उपकरण ब्राण्ड स्काईवर्थले सीईएस २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरुमा
अवार्ड हात पाएको छ।

सीईएस २०१९मा स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्ड प्रदान गरिएको छ । स्काईवर्थले घरेलू उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।

स्काईवर्थले 65S9A/XA9000 का लागि प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ । स्काईवर्थले गूुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली पिक्यू प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ ।

स्काईवर्थले सीईएसमा थुप्रै नवीनतम उत्पादन तथा प्रविधिहरु भित्र्याएको छ । स्काईवर्थले ८२” फ्लश माउन्ट टिभी, ६५” क्वासी पिक्सेल ब्याकलाइट टिभी ल्याएको छ । स्काईवर्थको ७७” ओएलईडी टिभी फिचर्ड डल्बी भिजन एचडिआर इमेजिंग टेक्नोलोजी छ जसले ७.१.४ डल्बी एटमस ईनेबलर होम थिएटर प्रणालीमा डेलिवरीले स्पेक्टकुलर र इमेन्स अनुभव दिन्छ ।

स्काईवर्थले गूगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa

प्रकाशित: २ माघ २०७५, बुधबार

तपाइको प्रतिक्रिया