यस्तो छ निसानको कन्सेप्ट इलेक्ट्रीक कार, एक चार्जमा ३८० माइल कुद्ने

काठमाडौं । निसान मोटर्सले अल इलेक्ट्रीक लीफ भेहिकलहरुको सफलताबाट अगाडि बढ्दै कम्पनीले नयाँ इलेक्ट्रीक सेडान कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक सेडानलाई डेट्रोयट अटो शो २०१९ मा सार्वजनिक गरेको हो ।

इन्टेलीजेन्ट मोविलिटी (आईएम) कन्सेप्ट आगामी समयमा निकै रुचाइने अनुमानका बीच निसानले ‘एन एलेभेटेड स्पोर्टस सेडान’को रुपमा कन्सेप्ट कार सार्वजनिक गरेको हो ।

यस गाडीमा कम्पनीले २२ इन्च आलुमिनियम अलोए ह्वील दिएको छ । आकर्षक डिजाइन गरिएको कारको फ्रन्ट र रियरमा ड्यूल इलेक्ट्रीक मोटर दिइएको छ ।

यो कार निकै पावरफूल रहेको कम्पनीले दाबी गरेको छ । यसमा प्रयोग गरिएको इलेक्ट्रीक मोटरले ४८३ एचपी पावर र ५९० पाउण्ड-फीट टर्क जेनेरेट गर्ने क्षमता राख्छ । यसमा दिइएको ब्याट्रीको अधिकतम् क्षमता ११५ किलोवाट प्रतिघन्टा रहेको छ भने सिङ्गल चार्जमा यसले ३८० माइल कुद्न सक्छ ।

‘इभोलूएटेड स्पोर्टस् सेडान’को रुपमा निसानले यसमा एड्जस्टेवल एयर सस्पेन्सन दिएको छ । ड्राइभिङको लागि यसमा ‘अटोनोमस मोड’ पनि राखिएको छ । यसको क्याविनमा डार्क फेब्रिक सिट राखिएको छ भने ड्यासबोर्डमा गोल्डेन ग्रेनिस दिइएको छ । यसका साथै, कम्पनीले यसमा मल्टीपल डिजिटल स्क्रिन राखेको छ ।

यसमा दिइएको भी–मोसन फ्रन्ट ग्रीलमा एड्भान्स डिजाइन दिइएको छ भने भी–मोसन ग्रिलसँगै इन्टीग्रेटेड हेडल्याम्प दिइएको छ ।

यसको चालक तथा यात्रुहरुले कार भित्र भर्चुअल वर्ल्डको जस्तै अनुभव गर्न थ्री डाइमेन्सनल अगुमेन्टेड रियालिटी अवतार सिर्जना गरेको निसान मोटर्सले उल्लेख गरेको छ ।