अपटेड समाचार

कम्प्यूटरमा विण्डोज सेभेन प्रयोग गर्नुहुन्छ भने अपग्रेड हुनुस्, कम्पनीले १ वर्षमा सर्पोट बन्द गर्दै

काठमाडौं । यदि तपाईँ आफ्नो पर्सनल कम्प्यूटरमा अझैपनि माइक्रोसफ्टको विण्डोज ७ प्रयोग गर्नुहुन्छ भने अब तपाईँ अपग्रेड हुने बेला आएको छ । किनकी कम्पनीले विण्डोज सेभेनका लागि दिने सपोर्ट बन्द गर्ने भएको छ ।

माइक्रोसफ्टले १ वर्षपछि अर्थात जनवरी १४, २०२० पछि विण्डोज सेभेनका लागि कुनैपनि प्रकारको सपोर्ट नदिने भएको हो । यसको अर्थ तपाईँले सो अपरेटिंग सफ्टवेयर प्रयोग गरेपनि तपाईँलाई कुनैपनि अपडेटहरु र सेक्यूरिटी फिक्सेजहरु आउने छैन् ।

माइक्रोसफ्ट ३६५ का कर्पोरेट भाइस प्रेसिडेन्ट ब्राड एन्डरसनले ब्लगमा भने, प्रविधिमा परिवर्तन र अपग्रेड अपरिहार्य रहेको छ, त्यसैले माइक्रोसफ्ट ३६५ लाई तपाईँको आधुनिक डेस्कटपसँग समाहित गर्ने यो नै उत्कृष्ट बेला हो ।

तर माइक्रोसफ्टले विण्डोज ७ प्रयोग गर्ने बिजनेस कष्टमरहरुका लागि भने निरन्तर सेक्यूरिटी अपडेट्स दिईरहेनछ, तर त्यसको लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

माइक्रोसफ्टले विण्डोज ७ सन् २००९ मा सार्वजनिक गरेको थियो र यो हालसम्म पनि सबैभन्दा धेरै प्रयोग गरिने डेस्कटप अपरेटिंग सिस्टम हो । विण्डोज १०ले विण्डोज ७ लाख करिब करिब प्रतिस्थापन गरेको अनुमान गरिएको छ । तर पनि सन् २०१८ डिसेम्बरको डाटाअनुसार ३६.९ प्रतिशतले अझैपनि विण्डोज ७ प्रयोग गर्दछन भने ३९.२ प्रतिशतले विण्डोज १० ओएस प्रयोग गर्ने गर्दछन् ।

सन् २०१२ मा कम्पनीले विण्डोज सेभेनको कुनैपनि एडिसन प्रयोग गर्ने व्यक्तिगत प्रयोगकर्ताहरुका लागि पाँच वर्षसम्म सपोर्ट गर्ने निर्णय गरेको थियो ।

माध्यम