टेस्लाको इलेक्ट्रीक भेहिकल मोडल ३ ह्याक गरे ह्याकरले गाडि नै घर लान सक्ने

Technology Khabar १ माघ २०७५, मंगलवार

टेस्लाको इलेक्ट्रीक भेहिकल मोडल ३ ह्याक गरे ह्याकरले गाडि नै घर लान सक्ने

काठमाडौं ।

काठमाडौं । विश्वभरका ह्याकरहरुले इलेक्ट्रीक भेहिकल ह्याक गरेर सोहि गाडि जित्न सक्ने भएका छन् । हालै इलेक्ट्रीक भेहिकल निर्माण गर्ने टेस्लाले आफ्नो मोडल ३ (Tesla Model 3) लाई ह्याक गर्न सक्ने ह्याकर वा ह्याकरहरुको टिमलाई साढे २ लाख अमेरिकी डलर र गाडि नै घर लान सक्ने उपहार घोषणा गरेको छ ।

टेस्लाले मोडल ३ मा भएका कमजोरीहरु पत्ता लगाउन ह्याकरहरुको सहयोग लिन लागेको हो । प्रत्येक वर्ष आयोजना हुने ह्याकिंग प्रतियोगिता पावन२ओन (Pwn2Own) मा टेस्लाको मोडल ३ का कमजोरीहरु पत्ता लगाउने ह्याकरहरुलाई पुरस्कारहरु दिने कम्पनीले घोषणा गरेको हो ।

पावन२ओन ह्याकिंग प्रतियोगिता ट्रेण्ड माइक्रोजको जिरो डे इनिसिएटिभ हो, जसमा हालसम्म ४ मिलियन अमेरिकी डलर भन्दा बढिको पुरस्कारहरु जितिसकेका छन् ।

पावन२ओन ह्याकिंग प्रतियोगिता यो वर्ष मार्च २० देखि २२ तारिखसम्म भ्यानकुभरमा आयोजना हुनेछ जसमा पाँच प्रमुख क्याटोगरीहरु राखिएका छन् । यसमा वेब ब्राउजर्स, भर्चुअल सफ्टवेयर, इन्टरप्राइज एप्लिकेसन्स, सर्भर साइड सफ्टवेयर र अटोमोटिभ क्याटोगरी छन्, जसमा अटोमोटिभलाई यो वर्ष पहिलो पटक समावेश गरिएको हो ।

यो ह्याकिंग प्रतियोगितामा एप्पल, गूगल, माइक्रोसफ्ट, मोजिल्ला, ओर्याकल र भीएमवेयरका सफ्टवेयरहरु ह्याकिंग हुनेछ भने टेस्लाको सफ्टवेयर ह्याक गर्न सकिनेछ ।

यसअघिका वर्षहरुमा ह्याकरहरुले ल्यापटप, मोबाइल फोन, र अन्य विभिन्न किसिमका ग्याजेटहरु लाने गरेकोमा यो वर्ष उनीहरुले टेस्लाको मोडल थ्री नै घर लान सक्नेछन् ।

टेस्लाको मोडल थ्री ह्याकिंगमा विशेषगरि कम्पनीको अटोपाइलट र भीसीएसईसी सफ्वेयर धेरै रकम अवार्डमा दिईनेछ । जसमा कारको पावरट्रेन, च्यासिस, सेक्यूरिटी फंगसन र अटोनोमस ड्राइभिंग क्यापाबिलिटज( लेन चेन्जिंग र पार्किंग) का डाटाहरु समावेश छ । यसलाई ह्याक गर्ने ह्याकरहरुले २ लाख ५० हजार अमेरिकी डलरम्म जित्न सक्नेछन् ।

त्यसैगरि कम्पनीको इन्फोटेनमेन्ट सिस्टमहरुm वाईफाई, ब्लूटूथ, र की फोब्स सबै ह्याक गर्न सक्नेले टेस्लाको मोडल ३ नै घर लान सक्नेछ ।

टेस्लाका भेहिकल सफ्टवेयर भाइस प्रेसिडेन्ट डेभिड लाउले भने, ‘हामी पावन२ओन मा सहभागी र रिवार्ड दिँदै सिक्न चाहन्छौं, हामी हाम्रा उत्पादनहरु र हाम्रा सबै सिस्टमहरुलाई सेक्यूरिटीमा निरन्तर सुधार गर्न चाहन्छौं ।’

easy care

प्रकाशित: १ माघ २०७५, मंगलवार