फुडमाण्डूको मोबाइल एपमा अनलाईन फुड फेस्टिभल, रु.१ मै खाना अर्डर गर्न सकिने

Technology Khabar १ माघ २०७५, मंगलवार

फुडमाण्डूको मोबाइल एपमा अनलाईन फुड फेस्टिभल, रु.१ मै खाना अर्डर गर्न सकिने

काठमाडौं ।

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ ।

अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव यहि जनवरी १५(माघ १) देखि जनवरी २४(माघ १०)सम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन् ।

यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरिएको छ ।

फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु.१ मा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ ।

यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले रु. २५०० भन्दा माथिको अर्डरमा १८० एम.एल.को भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।

उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।

‘यो वर्ष हाम्रा ग्राहकहरुका लागि अझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने ।

Global Bank
easy care

प्रकाशित: १ माघ २०७५, मंगलवार

ताजा समाचार