सामसंगले एम सिरिज लन्च गर्दै, बजेट फोनका तीन वटा मोडल आउने

Technology Khabar ३० पुष २०७५, सोमबार

सामसंगले एम सिरिज लन्च गर्दै, बजेट फोनका तीन वटा मोडल आउने

काठमाडौं ।

काठमाडौं । सामसंगले नयाँ सिरिज लन्च गर्ने तयारी पुरा गरेको छ । कम्पनीले मिड रेन्ज र बजेट रेन्जका स्मार्टफोनहरु अब ग्यालेक्सी एम सिरिजमा ल्याउने तयारी गरेको हो ।

कम्पनीले ल्याउने नयाँ सिरिजले अहिले बजारमा रहेको ग्यालेक्सी जे र ग्यालेक्सी अन सिरिजलाई पूर्णरुपमा प्रतिस्थापन गर्नेछ ।

सामसंगले एम सिरिजमा पहिलो चरणमा एम १० र एम २० स्मार्टफोन ल्याउनेछ । हालै यी दुई स्मार्टफोनहरु सामसंगको अफिशियल सपोर्ट पेज सामसंग क्ष्ण्डिायको वेबसाइटमा स्पट भएको छ । तर सो वेबसाइटमा नयाँ स्मार्टफोनहरुको बारेमा धेरै जानकारी भने छैन् । यसका साथमा कम्पनीले एम ३० मोडल पनि लन्च गर्ने तयारी गरिरहेको छ।

सामसंगले एम सिरिजको घोषणा र तीन नयाँ स्मार्टफोन मोडलहरु यहि जनवरी २८ मा सार्वजनिक गर्ने भएको हो । कम्पनीले यी स्मार्टफोनहरु सबैभन्दा पहिले भारतीय बजारमा सार्वजनिक गर्नेछ भने यी स्मार्टफोनहरु केबल सामसंगको अनलाइन पोर्टल र अमेजन इण्डियाको वेबसाइटमा मात्र उपलब्ध हुनेछ ।

यसअघि बाहिर आएका लीक्सअनुसार दुबै स्मार्टफोनहरुमा फुल स्क्रीन इनफिनिटी भी डिस्प्ले राखिएको छ जून अन्य ब्राण्डका स्मार्टफोनहरुमा भने वाटरड्रप नोच डिस्प्ले डिजाइनमा आउँछ । दुबै स्मार्टफोनको मुख्य क्यामराहरु ड्यूल क्यामरा सेटिंग छ, जसमा एउटा वाइड एंगल क्यामरा लेन्स हुनेछ ।

सामसंग ग्यालेक्सी एम २० स्मार्टफोनमा ५,००० एमएएच ब्याट्री प्याक हुनेछ भने एक्सनोज ७९०४ चीपसेटका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजका साथ आउनेछ ।

त्यसैगरि एम १० स्मार्टफोनमा एक्सनोज ७८७० चिपसेटका साथमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज हुनेछ ।

यी दुबै स्मार्टफोनहरु एन्ड्रोयड ९ पाईमा आधारीत वान यूआईमा संचालन हुनेछन् ।

एम १० स्मार्टफोनको मूल्य १० हजार भारतीय रुपैयाँको हाराहारीमा हुनेछ भने एम ३० स्मार्टफोनको मूल्य २० हजार भारतीय रुपैयाँको हाराहारीमा हुने बताईएको छ ।

सामसंगले एम सिरिज लन्च गरेर भारतीय बजारमा हालको चिनियाँ स्मार्टफोन ब्राण्डको जगजगीलाई टक्कर दिँदै बजारमा हाल दोस्रो स्थानमा रहेको अवस्थालाई माथि उठाएर पहिलो नम्बरको ब्राण्ड बन्ने योजना लिएको छ ।

सामसंगको इण्डियन मोबाइल बिजनेसका प्रमुख असिम वार्सीले रोयटर्ससँग कुरा गर्दै एम सिरिजले भारतीय लाखौं उपभोक्ताहरुको वरिपरि निर्माण र अनुभव हासिल गरेको बताए । उनले यो पहिले भारतीय बजारमा सार्वजनिक हुने र त्यसपछि अन्य बजारमा लन्च गरिने जानकारी दिए ।

उनकाअनुसार अनलाइन सेल्सले कम्पनीको समग्र मोबाइल फोन आम्दानीमा प्रतिशतको आधारमा दोहोरो अंक हुने गर्दछ ।

गत वर्ष मात्र सामसंगले विश्वको सबैभन्दा ठूलो मोबाइल फोन उत्पादन प्लान्ट भारतको बेंगलुरुमा स्थापना गरेको थियो ।

easy care

प्रकाशित: ३० पुष २०७५, सोमबार