स्विट्जरल्याण्ड रेल सेवाको उड्ने कार चलाउने योजना, एक पटकमा ५ यात्रुलाई सेवा दिने

Technology Khabar २९ पुष २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । स्विटजरल्याण्डको नेशनल रेल सर्भिसले आफ्ना यात्रुहरुलाई उड्ने कार सेवा दिने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

रेल सेवाले संचालन गर्ने स्विटजेरिच बुण्डेसबाहनेन (एसबीबी)लेसो बारेमा जर्मन कम्पनी लिलियम जीएमबिएचसँग एयर ट्याक्सी विकास गर्ने बारेमा कुरा गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

त्यस्तो ट्याक्सीले रेल स्टेशनहरुबाट यात्रुको गन्तव्यसम्म उनीहरुलाई आवतजावत गराउने छ ।

यस्तै किसिमको फ्लाईँग भेहिकलको प्रोटोटाइप निर्माण गरिसकिएको छ, जसमा ५ जना यात्रुहरु ओसार्न सक्दछ ।

दुबै कम्पनीहरुबीच सो बारेमा सहकार्य गर्ने विषयमा कुराकानी भईरहेको एसबीबीका प्रवक्ताको भनाई उदृत गर्दै रिपोर्टमा भनिएको छ । यी दुबै कम्पनीहरुले यसअघि नै लेटर अव इन्टेन्टमा हस्ताक्षर गरिसकेका छन् ।

यस्तो इलेक्ट्रीक ट्याक्सीहरुलाई रनवेको आवश्यकता पर्ने छैन र सिधै उडान र अवतरण गर्न सक्ने रिर्पोटमा भनिएको छ ।

तर एसबीबीको सहि भूमिका यो सहकार्यमा के हुन्छ भन्ने अझै स्पष्ट गरिएको छैन् । रेल सेवाले एयर ट्याक्सी सेवाको बजार प्रबद्र्धक वा फ्लाइट अपरेशनको को अपरेटर हुनसक्ने बताईएको छ।

यसबारेमा स्विटजरल्याण्डमा राजनीतिक विवाद अझै रहेको रिपोर्टले जनाएको छ ।

easy care

प्रकाशित: २९ पुष २०७५, आईतवार