Technology Khabar २९ पुष २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले आफ्नो क्याडिल्याक ब्राण्डलाई इलेक्ट्रीक भेहिकल ब्राण्डको रुपमा ल्याउने भएको छ । कम्पनीले अर्को इलेक्ट्रीक भेहिकल ब्राण्ड टेस्लालाई टक्कर दिन क्याडिल्याकलाई इलेक्ट्रीक भेहिकल ब्राण्डमा ल्याउने भएको हो ।
कम्पनीले यसअघि नै सो बारेमा योजनाहरु शुरु भईरहेको र पहिलो मोडलको काम भईरहेको जानकारी दिएको छ ।
जीएमको आफ्नो लक्जरी ब्राण्ड रहेको क्याडिल्याकलाई इलेक्ट्रीक भेहिकलको रुपमा कहिलेसम्म तयार पार्दछ र त्यसलाई क्रसओभर वा सेडान कुन रुपमा ल्याउँछ भन्ने जानकारी दिएको छैन् ।
तर कम्पनीको इन्भेस्टर मिटिंगमा तयार भईरहेको ब्याट्री इलेक्ट्रीक भेहिकल आर्टिटेक्चर आगामी इलेक्ट्रीक भेहिकलहरुका लागि आधार हुने कम्पनीले जानकारी दिएको छ ।
यसको फ्लेक्जीबल प्लेटफर्मले बडि स्टायलहरु र फ्रन्ट ह्वील, रियर ह्वील तथा अल ह्वील कन्फिगरेसनलाई फरक रुप प्रदान गर्ने कम्पनीले भनेको छ ।
यो ब्राण्डको सबैभन्दा महत्वपूर्ण भाग जसमा ब्याट्री सेल पनि रहेको छ, त्यसलाई अधिकतम उपयोग गर्नेगरि डिजाइन गरिएको कम्पनीले उल्लेख गरेको छ । यसको ब्याट्री सिस्टम पनि भेहिकल र कस्टमरको आवश्यकताअनुसार थपघट गर्न सकिने बताईएको छ ।
यसअघि गएको नोभेम्बरमा जीएमले आफ्नो प्रयासलाई पुर्ननिर्माण गरिरहेको र इलेक्ट्रीक र अटोनोमस भेहिकल प्रोगामहरुका लागि चाहिने स्रोतहरुलाई आामी दुई वर्षसम्ममा दोब्बरले बढाउने उल्लेख गरेको थियो ।
प्रकाशित: २९ पुष २०७५, आईतवार