२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको माग घट्यो, लेनोभो पहिलो स्थानमा

Technology Khabar २९ पुष २०७५, आईतवार

२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको माग घट्यो, लेनोभो पहिलो स्थानमा
Classic Tech

काठमाडौं । सन् २०१८ को चौथो क्वाटरमा डेस्कटप, नोटबुक्स र वर्क स्टेशनको कुल ग्लोबल शिपमेन्टमा ३.७ प्रतिशतको कमी आएको छ । बजार अनुसन्धान फर्म आइडिसीकाअनुसार यो वर्ष गत वर्षको तुलनामा कम्प्यूटरको मागमा ३.७ प्रतिशतको कमी आएको हो ।

रिपोर्टकाअनुसार२०१८ को चौथो क्वाटरमा पर्सनल कम्प्यूटरको शिपमेन्ट ६.८१ करोड भएको छ ।विश्लेषकहरुकाअनुसार यो शिपमेन्टको कमी अनुमान गरेभन्दा कम हो । विश्लेषकहरुले ४.७ प्रतिशतले कमी आउने अनुमान गरेका थिए । तर सन् २०१६ को तेस्रो चौमासिकपछि यो हालसम्मको सबैभन्दा ठूलो गिरावट हो ।

रिपोर्टअनुसार सन् २०१९ को पहिलो दुई चौमासिकमा पनि उद्योगमा चुनौती पूर्ण हुने बताएको छ ।
अमेरिका र चीनको बीचमा बढिरहेको व्यापार द्धन्दले पनि यसलाई अझ प्रभावित पार्ने अनुमान छ ।

आइडिसीको रिपोर्टअनुसार शिपमेन्टको आधारमा हेर्दा सबैभन्दा पहिलो स्थानमा लेनोभो रहेको छ । लेनोभोले सो अवधिमा १.३ प्रतिशतको वृद्धि हासिल गर्दै कुल बजारको २४.६ प्रतिशत ओगटेको छ, जसले कुल १ करोड ६७ लाख भन्दा बढि यूनिट शिपमेन्ट गरेको छ ।

त्यस्तै सो अवधिमा एचपीले १ करोड ६० लाख यूनिट शिपमेन्ट गरेर दोस्रो स्थानमा छ । तर एचपीको वृद्धिदर भने ३.२ प्रतिशतले नकारात्मक देखिएको छ । एचपीले २३.६ प्रतिशत बजार शेयर लिएको छ ।

त्यसैगरि तेस्रो स्थानमा १६.५ प्रतिशतसहित डेल ब्राण्डले ओगटेको छ भने चौथो स्थानमा एप्पल कम्पनी रहेको छ । एप्पलले सो अवधिमा करिब ५० लाख यूनिट पर्सनल कम्प्यूटर, नोटबुक र वर्क स्टेशन शिपमेन्ट गर्दै ७.२ प्रतिशत बजार हिस्सा कायम गरेको छ ।

यो सूचीको पाँचौँ नम्बरमा एसर ग्रुप रहेको छ, जसको बजार हिस्सा ६.७ प्रतिशत रहेको छ भने अन्य कम्पनीको बजार हिस्सा २१.४ प्रतिशत रहेको छ ।

TK Viber

प्रकाशित: २९ पुष २०७५, आईतवार

Loading...