Technology Khabar २९ पुष २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नयाँ सामसङ्ग एलईडी टिभीसँग साट्न सकिनेछ ।
यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । सो अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने कम्पनीले जानकारी दिएको छ ।
उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नयाँबजारको सामसङ्ग प्लाजामा मात्र लागू गरिएको छ ।
ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २९ पुष २०७५, आईतवार