कुमारी बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा रकमान्तर गर्नसक्ने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधै रकमान्तर गर्नसक्ने भएका छन् ।

कुमारी बैंक लिमिटेडले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

साथसाथै कुमारी बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था रहेको कम्पनीले जनाएको छ ।