आइटियूले नेपालमा ‘लाइटवेट’ अप्टिकल केबलको परिक्षण गर्दै

Technology Khabar २७ पुष २०७५, शुक्रबार

आइटियूले नेपालमा ‘लाइटवेट’ अप्टिकल केबलको परिक्षण गर्दै

काठमाडौं ।

काठमाडौं । इन्टरनेशनल टेलिकम्यूनिकेसन यूनियन(आइटियू)ले ब्रोडब्याण्डको लागि नयाँ मापदण्ड तय गरेको छ, जसले उच्च हिमाली भेगमा ब्रोडब्याण्ड पुर्याउन सहज हुने जनाएको छ । आइटियूले ल्याएको नयाँ स्ट्याण्डर्डले लाइटवेट, टेराबाइट क्षमताको अप्टिकल केबल जसले न्यूनतम खर्चमा बिछ्याउन सकिने र वातावरणिय प्रभावलाई न्यून असर पार्ने उल्लेख गरेको छ ।

आइटियूकाअनुसार हाल नेपालको दैलेख जिल्लाको दुल्लु नगरपालिकामा नयाँ परियोजना संचालन भईरहेको छ जसअन्तर्गत डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्ममा करिब १० किलोमिटर लाइटवेट अप्टिकल केबल बिछ्याईरहेको छ जसले स्थानिय तहमा एडभान्स ई-हेल्थ र ई-एजुकेशनमा सहयोग गर्नेछ ।

आइटियूले नेपालमा यसलाई पाइलट परियोजनाको रुपमा संचालन गरिरहेको छ, जसमा आइटियूको नयाँ स्ट्याण्डर्डको लाइटवेट अप्टिकल केबलको प्रयोग गरिएको छ ।

सो नयाँ स्ट्याण्डर्ड निर्धारणका लेखक वासेदा विश्वविद्यालयका हारुओ ओकामुराले भने, ‘यो सलुसनको यूनिक विशेषताका कारण यसलाई प्रयोग गर्न सहज छ, जसमा खर्च मितव्ययिता र व्यवहारिक प्रयोग मुख्य प्राथमिकता हो ।’

‘नेपालको उच्च हिमाली क्षेत्र र निरन्तर परिवर्तन भईरहने मौसममा, यो अप्टिकल केबलको प्रयोग एउटा अध्ययनको विषय हुनेछ, जून यस्तै किसिमको समाधान प्रयोग गर्न इच्छुक अध्य मुलुकहरुको लागि निकै महत्वपूर्ण हुनेछ,’ ओकामुराले भने ।

नेपालबाहेक तान्जानिया, रुवाण्डा,, भारत, कंगो, भूटानजस्ता मुलुकहरु यस्तो लाइटवेट अप्टिकल केबल प्रयोग गर्न रुची देखाएको आईटियूले जनाएको छ ।

नेपालमा परिक्षण प्रयोग गरिरहेको सो लाइटवेट अप्टिकल केबल स्थानिय समुदायले सुरक्षित बनाउन सक्ने, आंशिकरुपमा दैनिक त्यसलाई जमिनमुनी राख्न सकिने, पानीमुनि पनि बिछ्याउन सकिने, उचाईबाट हटाउन सकिने र आवश्यकताअनुसार त्यसलाई अर्को स्थानामा पनि राख्न सकिने सक्षम हुन्छन् ।

‘विश्वको पहिलो यस्तो स्ट्याण्डराइज्ड सलुसनले डिजिटल डिभाइडलाई कम गर्न सहयोगी हुनेछ,’ उनले भने, ‘यसले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरु हासिल गर्नका लागि आवश्यक संचार पूर्वाधार सुनिश्चित गर्न सहयोगी हुनेछ ।’

किन यस्तो केबल आवश्यक छ ?

स्याटेलाइट कम्यूनिकेसन्समा यसको चरित्रअनुसार उच्च ल्याटेन्सी रह्न र ब्रोडब्याण्डसँग सहकार्य गर्न र अन्तरक्रियात्मक सेवा दिन निरन्तर समस्याग्रस्त हुन्छ । रेडियो कम्यूनिकेसन्सले निकै लमो दूरीसम्म कनेक्टिभिटी दिनसक्छ तर ब्रोडब्याण्डको समयमा अप्टिकल पूर्वाधार अत्यावश्यक रहेको छ, किनकी ग्रामीण संचालनहरु प्राय गरेर कोर नेटवर्कहरुबाट निकै लामो दूरीमा रहन्छन् ।

अप्टिकल केबल टेलिमेडिसिनका लागि पूर्ण विकल्प हुँदैछ । दूर्गम क्षेत्रमा रहेका मेडिकल प्रोफेसनलहरुका लागि एचडी मेडिकल तस्विरहरु लाइभ स्ट्रीमको लागि अप्टिकल केबलले मात्र उच्च क्षमता प्रदान गर्दछ र लेटेन्सी न्यून हुन्छ ।

अल्ट्रा हाइ स्पीड अप्टिकल नेटवर्कहरुको लागि जे भएता पनि लागत र जटिलताको उपयुक्त छनौट आउने गर्दछ ।

नयाँ आइटियू स्ट्याण्डर्डले डू इट योरसेल्फ अर्थात आफैं गर भन्ने उद्धेश्यअनुसार न्यून लागतमा विश्वका सबैभन्दा दूर्गम क्षेत्रहरुमा पनि यस्तो सलुसन तैनाथ गर्न सकिन्छ भन्ने लक्ष्य लिएको जनाएको छ ।

स्रोत

easy care

प्रकाशित: २७ पुष २०७५, शुक्रबार

ताजा समाचार