सामसंगको ग्यालेक्सी एस १० फेब्रुअरी २० मा सार्वजनिक हुने

Technology Khabar २७ पुष २०७५, शुक्रबार

सामसंगको ग्यालेक्सी एस १० फेब्रुअरी २० मा सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं । सामसंगले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस १०(Galaxy S10) सिरिज लन्च गर्ने पुरा तयार भएको छ । कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको सिरिजमा विभिन्न स्मार्टफोनहरु सार्वजनिक गर्नेछ ।

कम्पनीले ग्यालेक्सी एस १० स्मार्टफोन फेब्रुअरी २० तारिखमा सार्वजनिक गर्ने भएको छ । कमपनीले सान फ्रान्सिस्कोमा लन्च इभेन्ट गरेर स्मार्टफोन सार्वजनिक गर्नेछ । गत वर्ष कम्पनीले बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेसमा ग्यालेक्सी एस नाइन सार्वजनिक गरेको थियो ।

यो वर्ष कम्पनीको स्पेशल १० औ वार्षिकोत्सव हो त्यसैले कम्पनीले एनिभर्सरी एडिसन डिभाइस पनि ल्याउने तयारी गरेको बताईएको छ ।

बाहिर आएका विभिन्न रिपोर्टहरुको आधार मान्दा कम्पनीले ग्यालेक्सी एस १०, ग्यालेक्सी एस १० इ, ग्यालेक्सी एस १० प्लस र ग्यालेक्सी एस १० फाइभ जी भेरिएन्ट लन्च गर्न लागेको हो ।

यो नयाँ स्मार्टफोन टप र बटनमा थिन बेजल्सका साथमा आउनेछ । यो डिभाइसमा इन डिस्प्ले फ्रन्ट क्यामरा हुनेछ जून पंच होल डिजाइनमा आउँछ । यसलाई सामसंगले इन्फिनिटि ओ नाम दिएको छ ।

ग्यालेक्सी एस १० प्लसमा ड्यूल फ्रन्ट क्यामरा, क्वाड रियर क्यामरा तथा टिओएफ थ्रीडी क्यामरा हुनेछ भने ग्यालेक्सी एस १० मा सिंगल फ्रन्ट क्यामरा तथा ट्रिपल रियर क्यामरा राखिनेछ ।

सामसंगले यहि वर्षको अन्त्यतिर ग्यालेक्सी एस १० सिरिजमा नै अर्को फाइजी स्मार्टफोन ल्याउने रिपोर्टहरुमा उल्लेख छ ।

यसबाहेक कम्पनीले तयार पारेको फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एफ पनि सो इभेन्टमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ पुष २०७५, शुक्रबार

ताजा समाचार