Technology Khabar २६ पुष २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सन् २०१९ को सेप्टेम्बरमा बिएमडब्लू मोटोराडले आफ्नो नयाँ मोटरबाइक आर १२५० जीएस (R1250GS) को नेभिगेसन रेस ट्रयाकको भिडियो सार्वजनिक गर्यो । सो भिडियो निकै आश्चार्य लाग्दो देखिन्थ्यो किनकी त्यसमा मोटरसाइकल कुदिरहेपनि कुनैपनि चालकले चलाएको थिएन ।
हाल अमेरिकाको लस भेगासमा चलिरहेको सीईएस २०१९ मा बिएडब्लूले सोहि बाइकको डेमो देखाएको छ । कम्पनीले सेल्फ राइडिंग मोटरसाइकल ल्याउन लागेको धेरैले अनुमान गरीरहेकाबीच कम्पनीले सीईएसमा सो मोटरसाइकलको प्रदर्शन गरेको हो ।
बिएमडब्लूले सो मोटर साइकल सेल्फ राइडिंग मोटरसाइकलको रुपमा सार्वजनिक उपयोगको लागि ल्याउन लागेको नभई सुरक्षालाई सुदृढ पार्न ल्याएको जानकारी दिएको छ ।
कम्पनीले भविश्यमा मोटरसाइकलको सुरक्षाका लागि गर्न सकिने कार्यहरुको बारेमा परिक्षण गर्दै एडभान्स राइडर असिस्ट्यान्स सिस्टमका लागि टेष्ट गरिरहेको जनाएको छ ।
सो सेल्फ राइडिंग मोटरसाइकल कम्पनीले ३ वर्षदेखि विकास गरिरहेको छ जसमा कयौं प्रविधिहरु जडित छ जसले गर्दा सेल्फ राइडिंग कार्यलाई संभव बनाएको हो । यसमा अत्याधुनिक बिमर्स राखिएको छ जसलाई बुझ्ने भाषामा जाइरोस्कोप भनिन्छ र जसले बाइकलाई सहि दिशामा घुमाउन सहयोग गर्दछ ।
बिएमडब्लू मोटोराडका विकास प्रमुख डा. कार्ल भिक्टोर सेलरकाअनुसार क्रुज कन्ट्रोल र अटोमिक इमर्जेन्सि ब्रेकिंग जस्ता बाइकका हार्डवेयरका परिवर्तनहरु गर्न केहि सय डलर अधिक खर्च हुने गर्दछ । उनकाअनुसार यी प्रविधिहरु अबका केहि वर्षमा नै विभिन्न सवारी साधनहरुमा देख्न सकिन्छ । जसले चालकलाई आफ्नो बाइकमा यात्रा गर्दा थप सुरक्षित बनाउँछ ।
प्रकाशित: २६ पुष २०७५, बिहीबार