दूरसंचार प्राधिकरणमा संचार मन्त्रीको अनुमगन, २४ घण्टाभित्र कामको अपडेट बुझाउन निर्देशन

Technology Khabar २६ पुष २०७५, बिहीबार

दूरसंचार प्राधिकरणमा संचार मन्त्रीको अनुमगन, २४ घण्टाभित्र कामको अपडेट बुझाउन निर्देशन

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिवार नेपाल दूरसंचार प्राधिकरणको निरिक्षण तथा अनुगमन गरेका छन् । उनले सो निरिक्षणको क्रममा विभिन्न विभाग र शाखाहरुमा गएर नै भईरहेका कामहरुको बारेमा जानकारी लिए ।

उनले निरिक्षण तथा अनुगमनमा प्राधिकरणले गरिरहेको कामहरुबारे सम्बन्धित अधिकारीहरुसँग सोधपुछ समेत गरेका थिए । जसमा लाइसेन्स बितरण, ग्रामिण दूरसंचार विकास कोष, फ्रिक्वेन्सी लगायतका विषयमा जानकारी दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘मन्त्री ज्यूले प्राधिकरणले गरिरहेको काम कारबाहिको बारेमा जानकारी लिनुभयो, उहाँले सबै विभाग तथा शाखा पुगेर निरिक्षण गर्नुका साथै त्यसको हालको अवस्थाहरुको बारेमा सोध्नुभयो,’ उनले भने ।

अर्यालकाअनुसार मन्त्री बाँस्कोटाले जनताले देखिने गरि काम गर्न निर्देशन दिँदै प्राधिकरण कर्मचारीहरुको हाजिरी समेत निरिक्षण गरेका थिए ।

प्राधिकरणको निरिक्षण अनुगमनपछि हाल भईरहेको कामको अपडेट २४ घण्टाभित्र मन्त्रालयमा आफूलाई बुझाउन मन्त्रि बाँस्कोटाले निर्देशन दिएका थिए ।

Global Bank
easy care

प्रकाशित: २६ पुष २०७५, बिहीबार