Technology Khabar २६ पुष २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । अटो मेकर कम्पनी हुण्डाईले सीईएस २०१९ मा नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ, जून कार गुड्ने मात्र नभई हिँड्न समेत सक्दछ ।
हुण्डाईले यसलाई वाकिंग कार भनेको छ जसमा मोड्न सकिने खुट्टाहरु जोडिएका छन् ।
हुण्डाईको ‘एलेभेट’ भेहिकल विशेषगरि कठिन भूगोल भएको क्षेत्रमा पहिलो र तत्काल उद्धारको लागि उपयोग हुनसक्ने बताएको छ ।
कम्पनीले यसलाई अल्टिमेट मोबिलिटी भेहिकल भनेको छ जून इलेक्ट्रीक पावरबाट चल्दछ ।
कम्पनीले यो भेहिकलमा भएको चारवटा खुट्टाहरु गाडि कुदाउनको लागि पनि प्रयोग गर्न सकिने उल्लेख गरेको छ, जून अन्य सामान्य गाडिहरुजस्तै तिब्रगतिमा कुद्न सक्दछ त्यस्तै यसको खुट्टाहरुलाई पुरै खोल्दा यसले ५ फुटको पर्खाल समेत नाध्न सक्दछ ।
कम्पनीकाअनुसार आर्टिकुलेटिंग खुट्टाहरुका साथमा ह्वील्ड मोसनले तिब्र गतिमा कुद्नु, यूनिक डाइनामिक ड्राइभिंग पोस्चर र प्रत्येक खुट्टामा रहेको टर्सिनल कन्ट्रोलले मोबिलिटीको नयाँ परिभाषा प्रदान गर्दछ ।
यो गाडिमा ६६ किलोवाटको ब्याट्री प्रयोग हुनेछ भने यो गाडि हिँड्ने, गुड्ने, घर्सनेजस्ता कार्यहरु फरक फरक तरिकाले गर्दछ । यो भेहिकल आकस्मिक सेवामा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाई छ ।
प्रकाशित: २६ पुष २०७५, बिहीबार