ह्वाट्सएपले डिलीट गर्यो १ लाख बढि अकाउन्ट, कतै तपाईँको अकाउन्ट पनि बन्द भयो की

Technology Khabar २६ पुष २०७५, बिहीबार

ह्वाट्सएपले डिलीट गर्यो १ लाख बढि अकाउन्ट, कतै तपाईँको अकाउन्ट पनि बन्द भयो की

काठमाडौं ।

काठमाडौं । च्याटिंग एम ह्वाट्सएपले पछिल्ला दिनहरुमा चाइल्ड पोर्नोग्राफीमा निकै कडा नियमन गरिरहेको छ । ह्वाट्सएपमा विश्वका कयौं देशहरुमा चाइल्ड पोर्नोग्राफीका लागि ग्रुप्स बनाईरहेको र यी ग्रुपहरुमा विभिन्न किसिमका कन्टेन्टहरु शेयर हुने गरेको चर्चासँग ह्वाट्सएपले निकै कडा नियमहरु बनाउँदै गएको छ ।

फेसबुकको अधिनमा रहेको कम्पनीले कडा कदम उठाउँदै १ लाख ३० हजार भन्दा बढि ह्वाट्सएप अकाउन्ट ब्लक तथा डिलीट गरेको जानकारी दिएको छ । कम्पनीले गत १०/१५ दिनको बिचमा मात्रै यति धेरै एकाउन्टहरु हटाएको हो ।

गत वर्ष नै कम्पनीले आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगबाट यस्तो अकाउन्टहरु हटाउने जानकारी दिएको थियो ।

चाइल्ड पोर्नोग्राफीसँग सम्बन्धित अकाउन्टहरुलाई एआई टूल्सको माध्यमबाट पत्ता लगाएको र अवैध गतिबिधिका कारण ब्लक तथा डिलीट गरेको हो ।

ह्वाट्सएपका च्याट् तथा मेसेजहरु एण्ड टू एण्ड एन्क्रिप्टेड हुन्छन्, अर्थात त्यसलाई मेसेज पठाउने र प्राप्त गर्ने बाहेक अन्यले पहुँच पाउँदैनन् । त्यसैले यस्तो मेसेजमा पनि अबैध कन्टेन्ट हुनसक्ने हुँदा कम्पनीले एआईको सहयोग लिईरहेको छ । यो टूलले ह्वाट्सएपको अकाउन्टको अन एनक्रिप्टेड जानकारीहरुको जाँच गर्दछ । यसमा प्रोफाइल फोटो, ग्रुप फोटोहरु, ग्रुप सूचना तथा जानकारीहरु समावेश छन् । एआईले कुनै शंकास्पद कन्टेन्ट भेटेमा त्यसलाई जाँचेर हटाउँछ।

त्यस्तै ह्वाट्सएपले फोटोडिएनए नामक टूल पनि प्रयोग गर्दछ । जसले पोर्न र दूव्र्यवहार गरिएका तस्विरहरुको पहिचान गर्न सकिन्छ र संभावित ह्वाट्सएप ग्रुप वा यूजर्स, जसले यो शेयर गर्दछ त्यसलाई प्रतिबन्ध लगाउँछ । यदि तपाईँको अकाउन्ट पनि डिलिट वा ब्लक भएको छ भने कतै यस्तै कारण त छैन् । ध्यान दिनुस् र त्यसमा सर्तक हुनुस् ।

ह्वाट्सएपको टूलले तपाईँको अकाउन्टलाई पनि डिलीट गर्न सक्दछ, यदि तपाईँले यस्तो कुनै अवैध ग्रुपका साथ जोडिनुभएको छ भने । किनकी ह्वाट्सएपमा कसैले पनि तपाईँको अनुमति बिना नै तपाईँलाई कुनैपनि ग्रुपमा जोड्न सक्दछ ।

त्यसैले सावधान हुनुस कि यस्ता अकाउन्टहरु वा ग्रुपहरुलाई रिपोर्ट गर्नुहोस् जसले चाइल्ड पोर्नोग्राफीका कन्टेन्टहरु शेयर गर्ने गर्दछन् । नत्र तपाईँको ह्वाट्सएप एकाउन्ट सदाका लागि बन्द हुनसक्दछ ।

Global Bank
easy care

प्रकाशित: २६ पुष २०७५, बिहीबार

ताजा समाचार