अध्यागमन विभागले नेपालमै सफ्टवेयर बनाउँदै, नेपाल आउने र बाहिरिनेको बायोमेट्रिक रेकर्ड राखिने

Technology Khabar २५ पुष २०७५, बुधबार

अध्यागमन विभागले नेपालमै सफ्टवेयर बनाउँदै, नेपाल आउने र बाहिरिनेको बायोमेट्रिक रेकर्ड राखिने

काठमाडौं ।

काठमाडौं । अध्यागमन विभागले नेपाल भित्रिने र बाहिरिने विदेशी तथा नेपाली नागरिकको विवरण राख्नका लागि छुट्टै नेपाली सफ्टवेयर विकास प्रयोग गर्ने भएको छ ।

विभागले हाल संचालनमा रहेको ‘ईमी’ नामक सफ्टवेयरलाई प्रतिस्थापन गरी नयाँ नेपाली सफ्टवेयर प्रयोगमा ल्याउने भएको हो। विभागले नेपाली प्राविधिक र इन्जिनियरहरुको टीम परिचालन गरेर ‘नेपाली पोर्ट’ नामक नयाँ सफ्टवेयर विकास गर्न लागेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपाली प्राविधिकहरुले नेपालमा नै विभागको लागि आवश्यक नयाँ सफ्टवेयर बनाईरहेको बताए । ‘विदेशमा अपराध गरेका व्यक्ति पनि सजिलै नेपाल प्रवेश गर्नसक्ने अवस्था छ । अब प्रयोगमा आउने नयाँ सफ्टवेयरले वायोमेट्रिक विवरण संकलन गर्ने र विदेशी तथा नेपाली नागरिकहरुको सबै रेकर्ड राख्दछ,’ उनले भने ।

महानिर्देशक पौडेलकाअनुसार यसका साथै पासपोर्ट रिड गर्ने, आँखाको नानी, औंठा छाप स्क्यान गर्ने सहितको अत्याधुनिक प्रविधियुक्त मेसिन जडान गरिनेछ ।

विभागले अन्तराष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अत्याधुनिक अध्यागमन डेस्क पनि स्थापना गर्ने जानकारी दिएको छ ।

easy care

प्रकाशित: २५ पुष २०७५, बुधबार

ताजा समाचार