यस्तो छ मोडेर राख्न सकिने विश्वको पहिलो टेलिभिजन, ५० हजार पटक मोड्न र खोल्न सकिने

Technology Khabar २५ पुष २०७५, बुधबार

यस्तो छ मोडेर राख्न सकिने विश्वको पहिलो टेलिभिजन, ५० हजार पटक मोड्न र खोल्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले विश्वको पहिलो रोल गर्न मिल्ने अर्थात मोड्न सकिने टिभी सार्वजनिक गरेको छ ।

कम्पनीले हालै अमेरिकामा चलिरहेको सीईएस २०१९ मा मोड्न सकिने ओएलईडी टिभी लन्च गरेको हो । सो टिभीलाई प्रयोग नभएको बेला एउटा बक्समा मोडेर राख्न सकिन्छ ।

यो रोलेबल टिभी कन्सेप्ट कम्पनीले गत वर्षको सीईएस २०१८ मा देखाएको थियो । जून अहिले लन्च गरिएको हो ।

६५ इन्चको यो सिग्नेचर ओएलईडी टिभी बजारमा भने यो वर्षको अन्त्य तिर मात्र उपलब्ध हुनेछ । कम्पनीले यो टिभीलाई सिग्नेचर ओएलईडी टिभी आर नाम दिएको छ।

यो टिभीलाई हेर्नको लागि पावर अन गरेपछि रोल गरेको बक्सबाट बिस्तारै टिभीको डिस्प्ले बाहिर आउँछ । त्यस्तै पावर अफ गरेपछि बिस्तारै पुन सोहि बक्समा गएर रोल भएर बस्दछ ।

एलजीकाअनुसार यो रोल गर्न मिल्ने टिभीलाई ५० हजार पटक मोड्ने र खोल्ने परिक्षण गरिएको छ । त्यसैले यदि तपाईँले दिनको ८ पटक मात्र पावर अन अफ गर्नुभयो भनेपनि एलजीको मोडिने टिभी कम्तीमा १७ वर्षसम्म चल्दछ ।

Sajilo Visa

प्रकाशित: २५ पुष २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार