विश्वको सबैभन्दा सानो चार्जर ‘एंकर पिडी वान’ लन्च, ल्यापटप पनि चार्ज गर्न सकिने

काठमाडौं । इलेक्ट्रोनिक्स उपकरणहरु निर्माता कम्पनी एंकरले आफ्नो नयाँ पावर चार्जर बिक्रीका लागि तयार भएको छ । कम्पनीले बनाएको पावरपोर्ट एटम पिडी वान चार्जर बिक्रीका लागि उपलब्ध गराएको हो ।

एंकरले एटम पिडी वान चार्जर अक्टोबरमा लन्च गरेको थियो तर हालसम्म बिक्रीमा आएको थिएन् । तर अब भने जनवरीदेखि नै एटम पिडी वान चार्जर करिब ३० अमेरिकी डलरमा किन्न सकिने भएको छ।

एटम एटम पिडी वान यूएसबी टाइप सी चार्जर हो । यो विश्वको सबैभन्दा सानो यूएसबी पिडी चार्जर भएको कम्पनीको भनाई छ, जसले ३० वाटको आउटपुट दिन्छ ।

यसको सहयोगबाट कुनैपनि स्मार्टफोन, ट्याब चार्ज गर्न सकिन्छ भने सानो किसिमको ल्यापटपहरु जस्तै एप्पलको म्याकबुक वा नयाँ म्याकबुक एयर पनि चार्ज गर्न सहज हुन्छ ।

एटम पिडी वानले सिलिकनको साटो ग्यालियम नाइट्राइड प्रयोग गर्दछ, जसले यसको कार्य दक्षतालाई बढाउन सक्छ ।

एंकरले यसबाहेक ठूलो साइजमा पावरपोर्ट एटम पिडी २ र एटम पिडी ४ पनि सार्वजनिक गरेको छ । यसमा २ र ४ वटा आउटपुट पोर्टहरु राखिएका छन् ।

नेपाली बजारमा एंकर ब्राण्डका ग्याजेटहरु आइहब प्रालिले बिक्री गर्दै आएको छ तर यो नयाँ चार्जर नेपालमा कहिले आउँछ भन्ने जानकारी छैन्।