टाटा ‘एनआरजी’ नेपाली बजारमा सार्वजनिक, शुरुवाती मूल्य २९ लाख ५५ हजार रुपैयाँ

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर साधनमा सबैभन्दा नयाँ उत्पादन टाटा ‘एनआरजी’ सार्वजनिक गरेको छ।

नेपाली बजारमा टाटा एनआरजी पेट्रोल भेरिएन्टमा मात्रै उपलब्ध रहेको छ । यसमा रहेको १.२ लीटरको इन्जिनले ८५ पीएस पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ। टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ।

यो मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट गरी तिनवटा रङ्गहरुमा उपलब्ध छ भने यसमा कालो छ तर रूप रेल पनि हुने कम्पनीले जनाएको छ। कम्पनीले यसको सुरुवाती मूल्य २९ लाख ५५ हजार रुपैयाँ कायम गरेको छ।

अप्ठेरो सडकमा पनि राम्रोसँग गुड्न सक्ने कारको उच्च क्षमताले उभोक्तालाइ आकर्षण गर्ने र नयाँ क्रेताहरूलाई समेट्नका लागि बाटो खुला गर्ने टाटा मोटर्सको, इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख सुजन रोयले बताए।

‘हाम्रा ग्राहकहरूले टाटा एनआरजीको कठीन सडक अवस्थामा पनि राम्रोसँग गुड्न सक्ने क्षमता र नयाँ रूपलाई मन पराउनेमा हामी ढुक्क छौं’ उनले भने।

‘आधुनिक डिजाइन र प्रविधी रहेको यो एसयूभी प्रेरित साधनलाई हाम्रा ग्राहकहरूले धेरै मन पराउनु हुनेछ । टाटा एनआरजीले नेपाली बजारमा एउटा विशेष स्थान हासिल गर्ने बताए । यसले हाम्रो बजार हिस्सा बढाउन सहयोग गर्नेमा हामी ढुक्क छौं,’ सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने।