कतार एयरवेजको सन् २०१९ को लागि नयाँ योजना सार्वजनिक

Technology Khabar २५ पुष २०७५, बुधबार

कतार एयरवेजको सन् २०१९ को लागि नयाँ योजना सार्वजनिक

कतार एयरवेजले यात्रुहरुलाई २०१९ मा नयाँ तथा रोमाञ्चक गन्तव्यहरु भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले विश्वव्यापी रुपमा लागु हुने गरी नयाँ अफर ल्याएको छ।

कतार एयरवेजको यात्रुहरूले यस विशेष समयमा विशेष छूट पाउनुको साथै हरेक यात्रा अविस्मरणीय क्षणको रुपमा रहने एयरलाइन्सले विश्वस्त रहेको जनाएको छ।

यहि ७ जनवरी देखी ३१ डिसेम्बर २०१९ को बीच यात्राको लागि जनवरी ७देखि जनवरी १६ का बिचमा बाट बुक गरिएको सबै कतार एयरवेज उडानहरूमा उक्त अफर लागु हुनेछ। यस अवधिमा फ्लाइट बुक गर्ने यात्रुहरुले ५० प्रतिशतसम्म छूट पाउनुको साथै अझै थप ५० प्रतिशत बोनस क्युमाईल्स पनि प्राप्त गर्न सक्नेछन्।

कतार एयरवेज प्रमुख वाणिज्य अधिकारी, ईहाब आमिन भन्छन्, ‘हामी हाम्रो यात्रुहरुलाई यस अफर दिन पाएकोमा धेरै खुशी छौ, हामी सबैलाई यस अफरको भरपुर फाईदा लिनुहुन आग्रह गर्दछौ।’

सो अफर यात्रुहरूले कम्पनीकाे वेबसाइटमा गएर अथवा कतार एयरवेज विक्रय कार्यालय, वा नजिकैको ट्राभल एजेन्टलाई सम्पर्क गरेर लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ पुष २०७५, बुधबार

Comments are closed.

Loading...