क्यान इन्फोटेक माघ १५देखि हुने, पुराना इलेक्ट्रोनिक सामान लगे गिफ्ट/छुट पाईने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले २५औं संस्करणको क्यान इन्फोटेक २०१९ यहि माघ १५ गतेदेखि आयोजना गर्ने भएको छ ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ इसेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्ने क्यान महासंघले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलन गर्दै क्यान महासंघले जानकारी दियो ।

यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । मेलामा प्रत्येक तीन/तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने क्यान महासंघका महासचिव रंजित पोद्धारले जानकारी दिए । मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।

त्यस्तै, नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्ने बताईयो ।

कुल १७५ वटा स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने१०० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

क्यान इन्फोटेक मेलामा अनलाइन टिकटको व्यवस्था मिलाइएको र सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । अनलाइन टिकट www.can.esewa.com.np लगइन गरी खरिद गर्न सकिनेछ ।

क्यान महासंघकाअनुसार काठमाडौं बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिनेछ ।

Cheap Sex Cam Website