Technology Khabar २४ पुष २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । ताइवानी कम्पनी आसुसले लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक सो (सिईएस २०१९) मा सबैभन्दा कम बेजेल भएको जेनबूक एस १३ लन्च गरेको छ ।
कम्पनीले यसलाई विश्वको सबैभन्दा पातलो डिस्प्ले बेजल लेस भएको ल्यापटपमध्ये एक भएको दाबी गरेको छ ।
कम्पनीले यो ल्यापटपलाई नोच डिजाइनमा लन्च गरेको छ । यसको नोचमा वेबक्याम छ जसले तपाईँललाई ट्रू बेजल लेस स्क्रीनको अनुभव प्रदान गर्दछ ।
आसुस जेनबूक एस १३ ल्यापटपमा ९७ प्रतिशत स्क्रीन टू बडि रेशियो रहेको छ ।
आसुसको नयाँ ल्यापटपमा १४ इन्चको डिस्प्ले छ भने आठौं पुस्ताको इन्टेल कोर आइ सेभेन सिपीयूका साथमा १६ जीबीको र्याम तथा १ टेराबाईटको एसएसडी स्टोरेज राखिएको छ । यसमा एनभिडियाको जीफोर्स एमएक्स १० डिस्क्रेट ग्राफिक्स प्रोसेसर राखिएको छ । यसमा राखिएको प्रोसेसरले गर्दा उच्च तहका गेमहरु समेत सहजरुपमा खेल्न सकिने बताईएको छ ।
आसुस जेनबूक एस १३ मा दुईवटा यूएसबी टाइप सी पोर्टका साथमा सिंगल यूएसबी टाइप ए पोर्ट पनि छ । त्यसैगरि माइक्रो एसडी कार्ड रिडर, ट्रयाकप्याडमा फिंगरप्रिन्ट सेन्सर रहेको छ ।
प्रकाशित: २४ पुष २०७५, मंगलवार