दृष्टिविहिन र दृष्टिदोष भएका व्यक्तिहरु बिच पहिलो पटक टेक च्यालेन्ज आयोजना

Technology Khabar २४ पुष २०७५, मंगलवार

दृष्टिविहिन र दृष्टिदोष भएका व्यक्तिहरु बिच पहिलो पटक टेक च्यालेन्ज आयोजना
Global IME Bank

काठमाडौं ।

काठमाडौं । २१० औं लुईस ब्रेल दिवसको अवसर पारेर आयोजित पहिलो सुविसु टेक च्यालेन्ज फर दि ब्लाइण्ड २०१९ सम्पन्न भएको छ ।

दृष्टिविहिन र दृष्टिदोष भएका व्यक्तिहरुका माझ सूचना प्रविधिको बारेमा जानकारी दिने तथा डिजिटल लिटरेसी बढाउने उद्धेश्यले ब्राइट स्टार सोसाइटिद्धारा यहि पुस २१ गते आयोजित सो टेक च्यालेन्जमा विभिन्न विधामा सहभागी प्रतिस्पर्धीहरुलाई अवार्ड प्रदान गरिएको छ ।

सो प्रतिस्पर्धामा ब्लाइण्ड एण्ड भिजुअल इम्पेयर्ड टेक च्याम्पियनको अवार्ड सम्राट केसीले जितेका छन् । बिजेताले पुरस्कार बापत ल्यापटप प्राप्त गर्न सफल भए । त्यसैगरि दोस्रो बिजेता गौतम पोखरेलले डेस्कटप कम्प्यूटर, तेस्रो बिजेता आशिष खड्काले मोबाइल फोन र सान्त्वना पुरस्कारमा सविन्द्र कुमार महतोले स्क्यानर प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रममा पछिल्लो नयाँ प्रविधिको बारेमा ब्लाइण्ड एण्ड भिजुअल इम्पेयर्ड व्यक्तिहरुलाई जानकारी दिने र त्यसको उपयोगीताको बारेमा बताईएको थियो । नेपालमा पहिलो पटक यस्तो किसिमको प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यसैगरि दुई विद्यार्थीहरुलाई शैक्षिक सहयोग स्वरुप नगद पुरस्कार र अडियो प्लेयर पनि बितरण गरिएको थियो । कार्यक्रममा लुईस ब्रेल निवन्ध प्रतियोगीताका बिजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रहरी रमेश खरेल, अपांगताहरुको अधिकारको क्षेत्रमा सक्रिय डा विरेन्द्र राज पोखरेललगायतको सहभागिता रहेको थियो ।

Sajilo Visa

प्रकाशित: २४ पुष २०७५, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार