टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति ?

Technology Khabar २३ पुष २०७५, सोमबार

टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति  ?

काठमाडौं ।

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको छ ।

फेसबुकका सीईओ मार्क जूकरबर्गले कुन कार प्रयोग गर्दछन्, अमेजनका संस्थापक तथा प्रमुख जेफ बेजोसले कति मूल्यको गाडि प्रयोग गर्दछन भन्ने मानिसहरुको मनमा आउने गर्दछ । टेक क्षेत्रका यस्तै अन्य प्रमुख र चर्चित मानिसहरुले प्रयोग गर्ने गाडिहरुको बारेमा हामी यहाँ जानकारी दिनेछौं ।

यी अर्बपतिहरुले करोडौं मूल्य पने गाडि प्रयोग अधिकांशले अनुमान गर्ने गरेपछि उनीहरुको गाडि हेर्दा भने त्यो बिल्कुल गलत देखिन्छ ।

ल्यारी पेज गूगल -को फाउण्डर
कम्पनी नेटवर्थ -३४ विलियन डलर
कार- टोयोटा प्यूरिसप
मूल्य- करिब ६२ लाख रुपैयाँ

स्टीम वाल्मर -पूर्व सीईओ, माइक्रोसफ्ट
नेटवर्थ- ४० बिलियन डलर
कार- फोर्ड फ्यूजन हाईब्रिड
मूल्य- करिब ३५ लाख रुपैयाँ

जेफ बेजोस -अमेजनका संस्थापक – विश्वका सबैभन्दा धनी व्यक्ति
नेट वर्थ- १२३ बिलियन डलर
कार- होण्डा एकर्ड
मूल्य- करिब ७० लाख रुपैयाँ

मार्क जूकरबर्ग- फेसबुकका संस्थापक
नेट वर्थ- ५० बिलियन डलर
कार- होण्डा एक्यूरा टिएसएक्स
मूल्य- २३ लाख रुपैयाँ

ज्याक मा -अलीबाबाका संस्थापक
नेट वर्थ- ४० बिलियन डलर
कार- रोवे आरएक्स ५ एसयूभी
मूल्य- करिब २९ लाख रुपैयाँ

माइकल डेल -डेल ब्राण्डका संस्थापक
नेट वर्थ- १५.५ विलियन डलर
कार- पोर्चे बक्सटर २००४ मोडल
मूल्य- करिब २२ लाख रुपैयाँ

एलिस वाल्टन -वालमार्टका उत्तराधिकारी
कार- फोर्ड एफ १५०
मूल्य- करिब ६० लाख रुपैयाँ

बिल गेट्स- माइक्रोसफ्टका को फाउण्डर
नेट वर्थ- ८८.३ विलियन डलर
कार- पोर्च र मर्सिडिज बेन्जका विभिन्न मोडलहरु

टेक क्षेत्रका यी धनीहरुले प्रयोग गर्ने गाडिहरु नेपाली बजारमा भने उपलब्ध हुँदैनन् ।

एजेन्सीहरुको सहयोगमा

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७५, सोमबार

ताजा समाचार