साओमी एमआई ८ लाईट नेपाली बजारमा, मूल्य ३२ हजार रुपैयाँ

Technology Khabar २३ पुष २०७५, सोमबार

साओमी एमआई ८ लाईट नेपाली बजारमा, मूल्य ३२ हजार रुपैयाँ
Global IME Bank

काठमाडौं ।

काठमाडौं । साओमीले आफ्नो नयाँ स्मार्टफोन एमआई ८ लाईट नेपाली बजारमा भित्र्याएको छ । एमआई ८ लाईट स्टाईलिस ग्लास ब्याकको साथमा आकर्षक सेल्फी र उत्कृष्ट प्रदर्शनीका साथमा बजारमा आएको छ ।

साओमीको फ्ल्यागसिप एमआई ८ सिरिजको सबैभन्दा नयाँ मोडल रहेको छ जुन सामाजिक सञ्जालका लागी उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखि तयार गरिएको कम्पनीले बताएको छ ।

एमआई ८ लाईटमा आकर्षक ग्लास ब्याक प्यानलको साथमा अगाडि २४ एमपी सोनी आईएमएक्स५७६ सेन्सर, क्वालकम स्न्यापड्रागन ६६० एआईई एसओसी जस्ता विशेषताहरु रहेको छ जसले स्मार्टफोनबाट उत्कृष्ट तस्बिर तथा स्मार्टफोन अनुभव चाहनेहरुको जरुरत पुरा गर्दछ ।

‘स्न्यापड्रागन ६६० एसओसी र उत्कृष्ट २४ एमपी सोनी आईएमएक्स ५७६ सेन्सर क्यामेरा रहेको एमआई ८ लाईटले नेपालका एमआई प्रेमीहरुको लागी साँच्चै सुपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधिको जरुरत पूरा गर्नेछ,’ साओमी नेपालका कन्ट्रि म्यानेजर सौरभ कोठारीले भने ।

आकर्षक डिजाईन

एमआई ८ लाईटको डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामहरुबाट प्रेरित रहेको छ । मोनेटको पेन्टिङहरु प्राकृतिक रङहरुमा प्रकाशको प्रभाव ल्याउनको लागी ख्याति प्राप्त छ । सेटको ग्लास ब्याकमा एनसीभीएम रङ प्रक्रिया प्रयोग गरिएको छ जसले गर्दा ऐना जस्तो आकर्षक डिजाईन तयार गरिएको छ ।

७.५ एमएम पातलो आकार रहेको एमआई ८ लाईटमा ६।२६ ईन्च १९ः९ को एलसिडि फुल स्क्रिन डिस्प्लेको साथमा एफएचडी प्लस स्क्रिन रेजुलेसन र अगाडीको कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

उत्कृष्ट सेन्सर

२४ मिलियन पिक्सेल्स् भन्दा बढीको साथमा सोनी आईएमएक्स५७६ सेन्सरले गर्दा धेरै विवरणहरुको साथमा तस्बिर लिन सकिन्छ । मधुरो बत्ती रहेको अवस्थामा पनि सेन्सरले सुपर ुपिक्सेल प्रविधि प्रयोग गरी ४ वटा पिक्सेलहरुको जानकारी एउटै ठूलो पिक्सेलमा समायोजन गरी विशेष गरी भित्री वातावरण स्पष्ट तस्बिरहरु प्रस्तुत गर्दछ । एआई ड्यूअल क्यामेराले मुख्य सेन्सरको रुपमा सोनी आईएमएक्स ३६३ प्रयोग गर्दछ ।

क्वालकम स्न्यापड्रागन ६६०

एमआई ८ लाईट क्वलकम स्न्यापड्रागन ६६० ओक्टा कोर एसओसीसँग आर्टिफिसियल इन्टेलिजेन्स इन्जिनद्वारा उत्कृष्ट प्रदर्शनीको लागि तयार गरिएको छ । कुनै प्राविधिक बाधाहरु बिना फिल्म हेर्ने, गेमहरु खेल्ने र वेब ब्राउसिङको मजा लिन सकिनेछ ।

एमआई ८ लाईटमा ३३५० एमएएच ब्याट्री र क्यूअलकम क्विक चार्ज ३.० रहेको छ । यस सेटले एआई फेस अनलक र रियर फिंगर प्रिन्ट सेन्सर जस्ता विशेषताहरु पनि समेटेको छ जसले तपाईको सेट सुरक्षित राख्दछ ।

मूल्य

एमआई ८ लाईट साओमीको अनलाईन स्टोरमा उपलब्ध छ । अरोरा ब्लु र मिडनाईट ब्ल्याक कलर अप्सनमा उपलब्ध यो डिभाइस नेपाली बजारमा ३१ हजार ९ सय ९९ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २३ पुष २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार