केटिएम मोबाइल सेन्टरमा ओपो मोबाइलको ग्रेट एक्सचेन्ज मेला शुरु

Technology Khabar २३ पुष २०७५, सोमबार

केटिएम मोबाइल सेन्टरमा ओपो मोबाइलको ग्रेट एक्सचेन्ज मेला शुरु

काठमाडौं ।

काठमाडौं । मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त मोबाइल शप केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्धेश्यका साथ ताम्राकार मोबाइल कम्प्लेक्सको तेस्रो तल्लामा रहेको केटिएम मोबाइल सेन्टरसँगको सहकार्यमा ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको हो ।

पुस २२ गते आइतवारदेखि शुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सक्ने आयोजकले जानकारी दिएको छ ।

आइतवार आयोजित एक कार्यक्रमका बिच मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त र नम्बर वान मोबाइल शप केटिएम मोबाइल सेन्टरमा ग्रेट मोबाइल एक्सचेन्जको शुभारम्भ भएको घोषणा गरियो ।

ओपो ग्रेट एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना मोबाइल फोनहरु साटेर नयाँ ओपो फोनहरु लान सक्नेछन् । त्यसैगरि मेलामा ओपोका स्मार्टफोनहरु साटेर नयाँ फोनहरुमा पनि अपग्रेड गर्न सकिने केटिएम मोबाइल सेन्टरका संचालक कृष्ण पराजुलीले जानकारी दिए ।

मेलामा विशेषगरि ओपोले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा नै साट्न सकिने सुविधा राखिएको छ ।

ओपोको ग्रेट मोबाइल एक्सचेन्ज मेला यहि माघ ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७५, सोमबार

ताजा समाचार