अधिकारीको लिंक्डइन एकाउन्टबाट

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त, यस्तो छ उनको अनुभव

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारीलाई नियुक्त गरेको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार सरकारले गत साता बसेको मन्त्रिपरिषदको बैठकबाट अधिकारीलाई नियुक्त गरेको हो । ‘मन्त्रालयमा सो बारेमा चिठी आईपुगेको छ । मन्त्रालयले प्रकृयागतरुपमा उनलाई पत्र दिनेछ,’ स्रोतले भन्यो ।

यसअघि संचार सचिव महेन्द्र मान गुरुङ्गको अध्यक्षतामा बनेको सिफरिस समितिको बैठकले अधिकारीसहित टेलिकमकै संगिता पहाडी, र बुद्धिप्रसाद आचार्यलाई सिफारिस गरेको थियो ।

नवनियुक्त अधिकारी टेलिकमकै दशौंतहका कमचारी हुन् ।

अधिकारीले पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेसनमा इन्जिनियरिंग गरेका छन भने एमएस्ससी तह इन्फर्मेशन एण्ड कम्यूनिकेसन इन्जिनियरिंग डिस्टिक्ट विषयमा गरेका छन् ।

उनले टेलिकममै फोरजी मोबाइल ब्रोडब्याण्ड, इन्टरकनेक्सन, ब्याकबोन ट्रान्समिसन नेटवर्क,लगायतका क्षेत्रमा अनुभव हासिल गरिसकेको उनको लिंक्डइन प्रोफाइलमा उल्लेख छ ।

१५ वर्षभन्दा बढि टेलिकममा बिताएका अधिकारी हाल प्रबन्धकको रुपमा कार्यरत छन्।

Cheap Sex Cam Website