अपटेड समाचार

यस्तो डिजाइनमा आउँदैछ सामसंग ग्यालेक्सी एस १०, फोनमा ५जी सपोर्ट हुने

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप प्रिमियम स्मार्टफोनको बारेमा विभिन्न रिपोर्टहरु आउने क्रम जारी छ । कम्पनीले केहि साताभित्रै लन्च गर्ने अनुमान गरिएको सामसंग ग्यालेक्सी एस १०(Galaxy S10) स्मार्टफोनको बारेमा नयाँ फोटो बाहिर आएको छ ।

सामसंग ग्यालेक्सी एस १० मा अहिले विश्वभर सबैको चासो रहेको बेलामा कम्पनीको नयाँ स्मार्टफोनको तस्वीर लीक भएको छ ।

सो फोटोअनुसार कम्पनीले एस १०लाई फूल स्क्रीन डिजाइनमा ल्याउन लागेको छ, जसमा यसको स्क्रीनको टप लाइट कर्नरमा एउटा क्यामरा कटआउट छ । हालै इभान ब्लासले ग्यालेक्सी एस १० को फोटो ट्वीटरमा राखेका छन जसमा कम्पनीले नयाँ डिजाइन फलो गर्न लागेको देखिन्छ ।

यो फोनको सबै किनाराहरुमा निकै पातलो बेजेल छ भने बटम बेजेल भने केहि बढि देखिन्छ ।

रिपोर्टहरुका अनुसार यो ग्यालेक्सी एस १० को स्ट्याण्डर्ड भर्सन हुनेछ तर एउटा अर्को मोडल पनि हुनेछ जसमा ५जी सपोर्ट हुनेछ र यसको मूल्य पनि अधिक हुनसक्नेछ ।

लीक फोटोअनुसार कम्पनीले कभ्र्ड स्क्रीनसहितको फोन ल्याउने छ जून सामसंगको फ्ल्यागशिप स्मार्टफोनको विशेषता पनि हो । त्यसैगरि यसमा ६.१ इन्चको डिस्प्ले हुनेछ । यसको डिस्प्लको माथिल्लो दाहिने कुनामा सानो प्वाल रहेको छ, जून फ्रन्ट क्यामराको लागि प्रयोग हुनेछ । कम्पनीले यसलाई होल इन डिस्प्ले वा पन्च होलको नाममा ल्याउन सक्ने बताईएको छ ।

रिपोर्टहरुका अनुसार सामसंगले तीनवटा मोडलमा काम गरिरहेको छ, जसको कोड नेम वियोण्ड जिरो, वियोण्ड वान र वियोण्ड २ रहेको छ ।

कम्पनीले पहिलो पटक ग्यालेक्सी एस सिरिजमा भेनिला र प्लस मोडलहरु समावेश गर्न सक्ने अनुमान छ । त्यस्तै ग्यालेक्सी एस १० को ५जी भर्सनलाई ग्यालेक्सी एक्स नाममा ल्याउन सक्ने अनुमान गरिएको छ ।

फोनमा ड्यूल रियर क्यामरा हुनेछ भने यसको लाइट भर्सनको डिस्प्ले ५.८ इन्चको हुनेछ । फोनमा अल्ट्रासोनिक अण्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुनेछ । यी सबै मोडलहरुमा स्न्यापड्रागन ८५५ तथा सामसंगकै आफ्नै चिपसेट एक्सनोज ९८२० का साथमा आउनेछ ।

Cheap Sex Cam Website