आइएमईको २० लाख पुरस्कार धिरेन्द्र कुमार झागडले जिते

काठमाडौं । आइएमईले २०७५ दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।

मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भएको कम्पनीले जानकारी दिएकोछ ।

सेवाग्राही झागडले नगद वीस लाख रुपैयाँ प्राप्त गरेका छन् ।

बिजेता घोषणा कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले जनाएको छ ।