नेपाल टेलिकम कर्मचारी युनियनको केन्द्रिय अधिवेशन नेपालगञ्जमा हुने

Technology Khabar १९ पुष २०७५, बिहीबार

नेपाल टेलिकम कर्मचारी युनियनको केन्द्रिय अधिवेशन नेपालगञ्जमा हुने

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्द्रिय अधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा शुरु हुने भएको छ ।

अधिवेशनको उदघाटन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गर्ने बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । युनियनका अध्यक्ष राजकुमार मेहताकाअनुसार चयन हुने नयाँ नेतृत्व तीन वर्षका लागि हुनेछ । टेलिकम नेपालगञ्जकै परिसरमा हुने अधिवेशन केन्द्र, क्षेत्रीय र इकाई समितिका पदाधिकारीको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तीन दिनसम्म हुने अधिवेशनमा नेपालभरीबाट करिब एक सय पचास बढि प्रतिनिधि सहभागि हुने केन्द्रिय अध्यक्ष मेहताले जानकारी बताए । उदघाटन शत्रमा भने करिब तीन सय बढिको उपस्थिती रहने बताइएको छ ।

Global Bank
easy care

प्रकाशित: १९ पुष २०७५, बिहीबार

ताजा समाचार