चीनको अनर ब्राण्ड नेपाल भित्रियो, ४ वटा स्मार्टफोन सार्वजनिक

काठमाडौं । चिनीयाँ स्मार्टफोन मेकर अनरले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच बजारमा अनर ब्राण्ड आएको र ४ वटा मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

नेपाली बजारमा अनरको आधिकारिक बितरकमा क्रातोस टेक्नोलोजी प्रालिलाई नियुक्त गरेको जानकारी दिएको छ ।

क्रातोस टेक्नोलोजीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु प्रस्तुत गरेको छ । यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुने छन् ।

यसले प्रयोगकर्ताहरुलाई पहिलो उत्कृष्ट श्रेणी र औद्योगीक डिजाइन तथा प्रविधि मार्फत् आल्हादित बनाउँछ । डिजिटल युगको आवश्यकता बमोजिमको अनर यसको मूल्य र कार्य दक्षता दुवैको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड बनेको छ, कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले नेपाली बजारमा १५ हजार रुपैयाँदेखि करिब ४९ हजार रुपैयाँ सम्मका स्मार्टफोनहरु उपलब्ध गराएको छ ।