Technology Khabar १८ पुष २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ ।
कम्पनीले ल्याएको नयाँ अफरमा रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु घोषणा गरेको छ ।
क्लियर टिभी प्रिमियम प्याक अफर (Clear TV- Premium pack Offer)
कम्पनीकाअनुसार क्लियर टिभि सेवाअन्तर्गत मात्र ९ सय ९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
सुविसु इन्टरनेट फाष्ट प्याक अफर (Subisu Internet-Fast Pack Offer)
इन्टरनेट सेवाअन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै मोडेम र जडान सेवा मात्र १५ सय रुपैयाँ (कर सहित)मा प्राप्त गर्न सकिनेछ ।
सुविसु इन्टरनेट एण्ड क्लियर टिभी कम्बो प्याक अफर (Subisu Internet & Clear tv- Combo Pack Offer)
इन्टरनेट र क्लियर टिभि सेवाअन्र्तगत मात्र २३ सय रुपैयाँ (कर सहित) मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एचडि च्यानलहरु) साथैं मोडेम, सेट-टपबक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
यसका साथै सम्पुर्ण ग्राहकहरुमध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्सक्रिप्सन प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो योजनाअन्तरगत बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी प्राप्त गर्ने र सो बिजेताको घोषणा कम्पनीले आफ्नो वेबसाइटको १८ औं वार्षिकोत्सव पेज(www.subisu.net.np /18anniversary) मार्फत गर्ने जनाएको छ ।
प्रकाशित: १८ पुष २०७५, बुधबार