सेल्फ ड्राइभिंग कारको पेटेन्ट दर्ता गर्नेमा सामसंग अगाडी, गाडि उत्पादकको संख्या न्यून

Technology Khabar १८ पुष २०७५, बुधबार

सेल्फ ड्राइभिंग कारको पेटेन्ट दर्ता गर्नेमा सामसंग अगाडी, गाडि उत्पादकको संख्या न्यून
Global IME Bank

काठमाडौं ।

काठमाडौं । यूरोपमा परम्परागत कार निर्माताहरुको तुलनामा सेल्फ ड्राइभिंग कारहरुको सबैभन्दा अधिक पेटेन्ट सामसंग इलेक्ट्रोनिक्स कम्पनीले दर्ता गरेको छ । यूरोपियन पेटेन्ट

कार्यालयकाअनुसार यूरोपमा सन्२०१७ मा सेल्फ ड्राइभिंग कारहरुका लागि कुल ३ हजार ९ सय ९८ आवेदन दर्ता गरिएका थिए जून सन् २०११ को तुलनामा तीन गुणाले अधिक हो ।

रिपोर्टअनुसार सन् २०११ देखि २०१७ सम्म सामसंगले सबैभन्दा धेरै ६२४ पेटेन्टको लागि आवेदन दर्ता गरेको छ । सो सूचीअनुसार दोस्रोमा अमेरिकी टेक कम्पनी इन्टेल कर्प छ जसले ५९० आवेदन दर्ता गरेको छ । कार्यालयकाअनुसार अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इंकले ३६१, दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले ३४८, जर्मनको इन्जिनियरिंग फर्म बोसले ३४३ वटा पेटेन्ट दर्ता गरेको छ ।

तथ्यांकअनुसार सेल्फ ड्राइभिंग कारहरुको विकासको प्रयास परम्परागत गाडि निर्माता कम्पनीहरुको तुलनामा सूचना प्रविधिको क्षेत्रमा जोडिएका कम्पनीहरुले अत्यधिक मात्रामा गरिरहेका छन् ।

सो सूचीमा समावेश प्रमुख १० कम्पनीहरुमध्ये केबल ३ वटा कम्पनीहरु, बोस, टोयोटा मोटर कर्प र कन्टिनेन्टल एजी मात्र गाडि उत्पादन कम्पनीहरु हुन् ।

Sajilo Visa

प्रकाशित: १८ पुष २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार