अपटेड समाचार

यी मोबाइल फोनहरुमा अब च्याटिंग एप ‘ह्वाट्सएप’ नचल्ने, फेसबुकले दियो जानकारी

काठमाडौं । फेसबुकले अंग्रेजी नयाँ वर्षको शुरुवातमै ह्वाट्सएप प्रयोगकर्ताहरुलाई जानकारी दिँदै विभिन्न डिभाइसहरुमा ह्वाट्सएप नचल्ले घोषणा गरेको छ ।

फेसबुकको अधिनमा रहेको ह्वाट्सएपले अब नयाँ वर्षदेखि पुराना डिभाइसहरु तथा अपरेटिंग सिस्टमहरुमा दिने सपोर्ट हटाउने भएको छ । कम्पनीले सन् २०१९देखि आईओएस ७ वा त्यो भन्दा पुराना सफ्टवेयर भएकाआइफोनहरु, एन्ड्रोयड २.३.७ र नोकिया सिरिज ४०बाट आफ्नो सपोर्ट हटाउने भएको छ ।

यसको अर्थ यी डिभाइसहरुमा ह्वाट्सएपको नयाँ एकाउन्ट बनाउन सकिनेछैन भने सो एपको कयौं सिस्टमहरु बन्द हुनेछन् ।

कम्पनीले ब्लग पोष्टमा लेखेको छ, ‘जतिबेला हामीले २००९ मा ह्वाट्सएप शुरु गर्यौं त्यो बेला मानिसहरु यस्तो मोबाइल फोन प्रयोग गर्दथे जून आजको भन्दा पुरै फरक थिए । तयसबेला एप्पल स्टोर केहि महिना पुरानो थियो भने त्यसबेला बिक्री हुने ७० प्रतिशत स्मार्टफोनहरु ब्ल्याकबेरी या नोकियाको अपरटिंग सिस्टममा आधारित थिए । हाल ९९ प्रतिशतभन्दा बढि मोबाइल फोनहरु गूगल, एप्पल र माइक्रोसफ्ट ओएसमा आधारित हुने गर्दछन् ।’

कम्पनीले यी सफ्टवेयर भएका डिभाइसहरुमा सपोर्ट हटाएपनि प्रयोगकर्ताले यसअघि नै डाउनलोड गरिसकेको छ भने त्यसलाई सजिलैसँग चलाउन सकिने छ । तर ती डिभाइसहरुमा प्रयोगकर्ताहरुले नयाँ र आधुनिक फिचरहरु भने प्रयोग गर्न पाउनेछैनन् ।