ओपोको सुपर भोक चार्जिङ प्रविधियुक्त स्मार्टफोन, विश्वभर १० करोड भन्दा बढी बिक्री

Technology Khabar १६ पुष २०७५, सोमबार

ओपोको सुपर भोक चार्जिङ प्रविधियुक्त स्मार्टफोन, विश्वभर १० करोड भन्दा बढी बिक्री
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः हामी सबै अभ्यस्त छौँ ।

ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामी मध्ये अधिकांश अझैपनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ । कुनै ठाउँमा आराम गर्दा चार्जिङ पोर्ट खोज्नु हामी मध्ये अधिकांशको बानी झैँ भइ सकेको छ ।

यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथ सन् २०१४मा ओपोले आफ्नो ‘प्रोप्राइटरी र्यापिड चार्ज’ प्रविधि, भोक फ्ल्याश चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्न पुग्यो ।

साधारण ५भी/१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ । यही क्षमताका कारण ओपोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो ।

ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोड भन्दा बढी यो प्रविधि सुसज्जित फोनहरु विक्रि भइसकेका छन् ।

कम्पनीको प्रगति यती मै रोकिएन । सन् २०१६मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्वबजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ ।

अध्ययन: सुपर भोक पूर्ण सुरक्षित

तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी/५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त ? विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी र्हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ ।

टीयूभी र्हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओपोको आर१७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि ‘हेभी ड्यूटी’ मात्र नभइ चार्जिङ कार्यका लागि वास्तवमै निकै तिब्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ । संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ ।

नेपालमा पनि मध्य डिसेम्बरमा सार्वजनिक सुपर भोक सुसज्जित आर१७ प्रोले स्मार्टफोन प्रयोगकर्ताहरु माझ निकै लोकप्रियता र चर्चा कमाइरहेको छ ।

स्मरण योग्य कुरा, टीयूभीले अहिले सम्म मात्र ३ ओटा मोबाइल फोन प्रविधि/उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । ती मध्य दूई ओटा ओपो आर१७ प्रो र फाईन्ड एक्सका लागि सुपर भोक फ्ल्यास चार्ज रहेका छन् ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार