यी हुन सन् २०१८ मा आएका उत्कृष्ट स्मार्टफोनहरु, तपाईँ कुन स्मार्टफोन प्रयोग गर्नुहुन्छ ?

Technology Khabar १६ पुष २०७५, सोमबार

यी हुन सन् २०१८ मा आएका उत्कृष्ट स्मार्टफोनहरु, तपाईँ कुन स्मार्टफोन प्रयोग गर्नुहुन्छ ?

काठमाडौं ।

काठमाडौं । अंग्रेजी वर्ष २०१८ को आज अन्तिम दिन डिसेम्बर ३१ । यो वर्ष सूचना प्रविधिको क्षेत्रमा धेरै नयाँ विषयहरु आए जसले मानिसहरुका बिचमा निकै उत्साह र तनाव साथमा लिएर आयो ।

सन् २०१८ स्मार्टफोन डिभाइसहरुको लागि पनि उत्साहप्रद देखियो तर केहि डिभाइसहरुले अनुमान गरेभन्दा कम मात्रै आशा देखाए । यो वर्ष चर्चामा रहेका स्मार्टफोनहरु जून तपाई हामीले पनि प्रयोग गरिरहेका छौं त्यसको बारेमा यहाँ जानकारी दिने प्रयास गर्दछौं ।

हाम्रो नजरमा उत्कृष्ट प्रमुख पाँच स्मार्टफोनहरु यस्ता छन् ।

5 वानप्लस सिक्स टी (OnePlus 6T)

चिनियाँ स्मार्टफोन मेकर वानप्लसले यो वर्ष वानप्लस सिक्स टी लिएर आयो । वान प्लसका स्मार्टफोनहरुमा हाईएण्डका फिचर भएरपनि अन्य प्रतिस्पर्धीहरुको भन्दा सस्तो हुँदा निकै लोकप्रिय हुन सफल भएको छ ।
वान प्लस सिक्स टीमा एमोलेड डिस्प्ले राखिएको छ भने क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिएको छ । यसको र्याममा पनि सुधार गरिएको छ भने यसको डिजाइन र निर्माण उत्कृृष्ट रहेको छ ।

यो पनि हेर्नुस्-

4 ह्वावे मेट २० प्रो(Huawei Mate 20pro)

ह्वावेले यो वर्षको अन्त्य तिर सार्वजनिक गरेको फोन हो मेट २० प्रो । यो फोनमा कम्पनीले पहिलो पटक ७ नानोमिटरको चिपसेट प्रयोग गरेको छ भने यो पहिलो पटक ट्रिपल क्यामरा प्रयोग गरिएको छ । फोटोग्राफीको लागि उत्कृष्ट रहेको यो फोनमा ४० प्लस, २० प्लस ८ मेगापिक्सेलको क्यामरा छ । ह्वावेले मेट २० प्रोमा फिंगरप्रिन्ट स्क्यानरलाई डिस्प्लेभित्रै राख्न सफल भएको छ ।

यो पनि हेर्नुस्-

3 गूगल पिक्सेल ३ एक्सएल र पिक्सेल ३ (Google Pixel 3XL and Pixel 3)

गूगलले स्टक एन्ड्रोयड प्रयोगकर्ताहरुका लागि भनेर पिक्सेल ३ एक्स एल र पिक्सेल ३ सार्वजनिक गर्यो । यी फोनहरुमा एन्ड्रोयडका सफ्टवेयरहरु सबैभन्दा पहिले अपडेट हुन्छन भने यसमा स्टक एक्सपेरियन्स गर्न सकिन्छ ।
हाईइण्ड फिचरसहित आएका यी फोनहरुमा स्न्यापड्रागन प्रोसेसर राखिएका छन भने ड्यूल फ्रन्ट क्यामरा रहेका छन् ।कम्पनीले पहिलो पटक यी फोनहरुमा वायरलेस चार्जर समावेश गर्यो ।

यो पनि हेर्नुस्-

2 आइफोन एक्स एस र एक्स एस म्याक्स (iPhone Xs and Xs Max)

एप्पलले यो पटक ठूला स्क्रीन मनपराउनेहरुलाई ध्यानमा राखेर नयाँ आईफोन सार्वजनिक गर्यो । कम्पनीले ल्याएको तीनैवटा आइफोनहरु चर्चामा रहे अझ त्यसमाथि आइफोन एक्स एस र एक्स एस म्याक्स विशेषरुपमा चर्चित भए । यी दुबै फोनहरु यो वर्षकै सबैभन्दा महंगा फोनहरुमध्येमा पनि रहे । यी फोनहरुमा कम्पनीले आफ्नै नयाँ प्रोसेसर एप्पल ए १२ बायोनिक चिपसेट प्रयोग गरेको छ भने यसमा ओएलईडी स्क्रीन राखिएको छ ।

यो पनि हेर्नुस्-

1 सामसंग ग्यालेक्सी नोट नाइन (Samsung Note 9)

यो वर्ष सार्वजनिक भएका उत्कृष्ट फोनहरुमध्ये सामसंगले ल्याएको ग्यालेक्सी नोट नाइनलाई मानिन्छ । यो फोन यसअघिको ग्यालेक्सी नोट एटको अपग्रेड भर्सन भएपनि यसमा कम्पनीले निकै परिवर्तनहरु ल्यायो । जसमा ब्लूटूथ एस पेन एक हो । त्यसैगरि यसमा केहि सुधार गरिएको ड्यूल क्यामरा, फिंगरप्रिन्टको नयाँ प्लेसमेन्टका साथै डिभाइसको स्पेकमा गरिएको सुधारले निकै लोकप्रिय हुन पुग्यो । यो डिभाइस बिजनेस र व्यक्तिगत दूबै प्रयोगमा सहज रहेकोछ ।

यो पनि हेर्नुस्-

यो वर्ष टप ५ मा पर्न सफल भएका स्मार्टफोनहरु मध्ये नेपालमा गूगलका फोनहरु आधिकारीकरुपमा उपलब्ध छैनन् ।

easy care

प्रकाशित: १६ पुष २०७५, सोमबार

ताजा समाचार